काठमाडौं । यामाहाको एक्सचेञ्ज मेला काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ । यामाहाको आधिकारीक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले ‘महा एक्सचेञ्ज मेला’ असोज ८ गतेदेखि १५ गतेसम्म संचालन गर्दैछ ।
महा एक्सचेञ्ज मेलामा कम्पनीले उपहार, नगद छुट र अन्य थुप्रै क्रियाकलाप राखेको जानकारी दिएको छ । मेलामा कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटर एक्सचेञ्ज गर्नेलाई १० हजार थप मूल्यांकन दिने घोषणा गरिएको छ ।
एक्सचेञ्ज मेलामा टेष्ट ड्राइभ कार्यक्रम पनि राखिएको छ । उक्त टेष्ट ड्राइभमा सहभागी मध्येबाट हरेक दिन एक जनालाई सुनको सिक्का उपहार दिने कम्पनीले जनाएको छ ।
साथै, यस मेलामा गएर एक्सचेञ्ज गर्ने वा नयाँ मोटरसाइकल किन्ने दुबै ग्राहकले कम्पनीले संचालन गरिरहेको चाडपर्व केन्द्रित अफर पनि पाउने छन् । ‘रेस फर दि एस’ स्कीम अन्तर्गत स्क्र्याचकार्ड मार्फत ८ हजारदेखि १ लाखसम्म नगद छुट, हरेक हप्ता १ जनालाई ४ तोला सुन र बम्परमा ३ जनालाई ४ तोला सुन दिने स्कीम संचालन गरिरहेको छ ।
कम्पनीले मेलामा मोटरसाइकल किन्नेलाई निःशुल्क एशोसरीज र जुनसुकै ब्राण्डको मोटरसाइकल निःशुल्क चेक र वास गरिदिने जनाएको छ ।
कम्पनीले शुक्रबारदेखि यामाहा एमटी १५ को बीएस ६ भर्सनको बुकिङ लिन शुरु गरेको छ । केही दिन पश्चात यामाहा एमटी १५ बीएस ६ भर्सनसहित नयाँ कलर अप्सनमा नेपालमा सार्वजनिक गर्ने तयारी रहेको कम्पनीले जनाएको छ ।