ग्रेट वाल मोटर्सको कार किन्दा ६ लाखसम्मको फाइदा

काठमाडौं । नेपालको लागी ग्रेट वाल मोटर्सको आधिकारीक विक्रेता भीजी इम्पेक्सले ‘चाडपर्वको उमङ ह्याभल र पीओइआर चढी दङ्ग’ अफर ल्याएको छ । दशैं, तिहार तथा छट पर्वको उपलक्ष्यमा कम्पनीले ग्राहक लक्षित ६ लाखसम्मको फाइदा हुने अफर ल्याएको हो ।

यो अफर जीडब्लुएमको दुई एसयुभी थर्ड जेन ह्याभल एचसिक्स र ह्याभल जोलियनका साथै पिक अप पिओइआरमा उपलब्ध हुनेछ ।

यी उत्पादनमध्ये, जोलियन विश्वभरि नै अग्रणी उर्बान एसयुभीमा पर्दछ भने थर्ड जेन एचसिक्स विश्वव्यापी प्रविधिको न्यु जेनेरेसन मोडलको रुपमा रहेको छ । प्रचलित र हाइटेक विशेषताहरु नै यी गाडीहरुको सबैभन्दा आकर्षक पक्ष हुन् ।

विगत ११ वर्षदेखि चीनमा नम्बर १ बिक्री हुने एसयुभीमा ह्याभल पर्दछ । यसको विश्वव्यापी बिक्री ६५ लाख एकाई भन्दा बढी छ । ह्याभल एचसिक्सको विश्वव्यापी बिक्री ३५ लाख एकाई भन्दा धेरै छ जसकारण यो ९५ महिनासम्म चीनमा सबैभन्दा धेरै बिक्री हुने एसयुभी भएको हो ।

यसैगरी चीनको घरेलु बजारमा मात्र हैन, २३ वर्षसम्म लगातार सबैभन्दा धेरै निर्यात हुने पिकअप पीओइआर चीनको नम्बर १ ब्राण्ड भएको छ । विश्वभरी १९ लाख बिक्री भएको यो ब्राण्डले घरेलु बजारको ५० प्रतिशत हिस्सा ओगटेको छ ।

यस अफर अन्तर्गत आकर्षक नगद छुट, १ वर्षको निःशुल्क सडक कर, निःशुल्क एक्सेसोरिज, सहज फाइनान्सको सुविधा र सहज फाइनान्सको सुविधा छ ।

सबै ह्याभल गाडीहरुमा ५ वर्षको र पिओइआर गाडीमा ३ वर्षको वारेन्टी उपलब्ध छ । ग्रेट वाल मोटर्सको शोरुम थापाथली छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स