लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना, ५ लाख सम्मको नगद छुट

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल, हुन्डाई अटोमोवईल्सको आधिकारीक विक्रेताले आउँदै गरेको नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना ग्राहकहरु माझ ल्याएको छ । यो ग्राहकमुखि योजना यही चैत्र १३, २०७९ देखि सुरु भएको छ ।

यस योजना अन्तर्गत, ग्राहकहरुले ५ लाख सम्मको आकर्षक नगद छुटका साथै गाडीको निर्माण वर्षको आधारमा २ लाख सम्मको छुट , नयाँ वर्ष बोनस ८० हजार सम्म र एक्सचेन्ज बोनस ८० हजार सम्म जस्ता अकर्शक अफरहरू प्राप्त गर्न सक्नेछन ।

यो योजनामा ग्राहकहरुलेगाडी खरिद गर्दा थप १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन्। सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङका साथै निःशुल्क सडक कर भुक्तानी सहित उपलब्ध हुनेछन् ।

हुण्डाईले गएको महिना मात्रै VENUE र NIOS फेसलिफ्ट भर्जन लञ्च गरेको थियो । यस स्किमबाट हुण्डाईको कुनैपनि Hatchback, Compact SUV, SUV तथा EV गाडी खरिद गरि फाईदा लिन सक्नेछन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नेपाल भरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरी करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरुको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स