हुण्डाईको विद्युतीय गाडीमा एक्सचेन्ज अफर योजना

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल आफ्नो विद्युतीय गाडीहरूमा आकर्षक एक्सचेन्ज अफरको सुरु गरेको छ । नेपालमा हुन्डाई गाडीहरूको आधिकारिक वितरक रहेको कम्पनीले ‘अपग्रेड योर जर्नी विथ आयोनिक फाइभ’ भन्ने नारासहित एक्सचेन्ज अफर सुरु गरेको हो ।

जस अन्तर्गत ग्राहकहरुले आफ्ना कुनै पनि विद्युतीय गाडी ल्याइ नेपालमा सर्वाधिक रुचाइएको हुन्डाईको विद्युतीय गाडी कोना वा आयोनिकसँग साट्न सक्नेछन् ।

यो एक्सचेन्ज योजनामा कोनाको न्यूनतम एक्सचेन्ज मुल्यांकन ४० लाख कायम गरिएको छ जुन हालसम्मको मूल्यांकनमा सबभन्दा बढी भएको कम्पनीले बताएको छ ।

कम्पनीको अनुसार यो अभियानले नयाँ र विकसित विद्युतीय सवारी साधनमा अपग्रेड गर्न खोजिरहेका ग्राहकहरूका लागि उत्कृष्ट अवसर दिनेछ ।

यस अफरको फाइदा उठाएर, ग्राहकहरूले आफ्नो पुरानो कोना ईभीको उचित मूल्य प्राप्त गर्नुका साथै नयाँ कोना इलेक्टिक वा आयोनिक फाईभको उत्कृष्ट सुविधाहरू र राम्रो पर्फर्मेन्सको आनन्द उठाउन सक्ने कम्पनीले बताएको छ ।

यो एक्सचेन्ज अफर योजना नेपालभरिको हुन्डाई सोरुमहरूमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू सहित ४० वटा चार्जिङ स्टेशन मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङको सेवा दिँदै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स