दशैंमा मोटरसाइकल किन्ने योजनामा हुनुहुन्छ, मूल्य कति पर्छ ? बजाजको अफर यस्तो छ

काठमाडौं । नेपालीहरुका माझ बजाजका मोटरसाइकल निकै चर्चित छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी रहेको छ ।

कम्पनीले ५ मोडलका १२ भेरियन्टका मोटरसाइकल बिक्री गर्दै आइरहेको छ । कम्पनीसँग सबैभन्दा धेरै पल्सरको मोटरसाइकल छ । कम्पनीसँग ७ भेरियन्टमा पल्सर उपलब्ध छ ।

कम्पनीसँग उपलब्ध डोमिनार ४०० सबैभन्दा महँगो मोटरसाइकल हो । डोमिनार ४०० को मूल्य ५ लाख ९८ हजार ९०० रुपैयाँ तोकिएको छ । सबैभन्दा सस्तो मोटरसाइकल प्लाटिना १०० ईएस रहेको छ । प्लाटिना १०० ईएसको मूल्य १ लाख ८९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

यस्तो छ बजाजका मोटरसाइकल

डोमिनार

डोमिनार ४०० मा लिक्विड कुल्ड, सिंगल सिलिन्डर, डीओएचसी ३७३.२७ सीसी इन्जिन छ । यो इन्जिनले ३९.९ पीएसमा ८६५० आरपीएम पावर र ३५ एनममा ७००० आरपीएम टर्क उत्पादन गर्छ । मोटरसाइकलको अधिकतम गति १४८ किलोमिटर प्रति घण्टा रहेको छ । डोमिनार ४०० मूल्य ५ लाख ९८ हजार ९०० रुपैयाँ तोकिएको छ ।

डोमिनार २५० डोमिनार ४०० मा सिंगल सिलिन्डर, ४स्ट्रोक, डीओएचसी, ४ भोल्भ, लिक्विड कुल्ड, ट्वीन स्पार्क, एफआई २४८.७७ सीसीको इन्जिन छ । यो इन्जिनले १९.८५ पीएसमा ८५०० आरपीएम पावर र २३.५ एनममा ६५०० आरपीएम टर्क जेनरेरेट गर्छ । डोमिनार २५० को मूल्य ५ लाख १८ हजार ९०० रुपैयाँ तोकिएको छ ।

पल्सर 
एनएस २०० एबीएस एफआईमा ४ भोल्भ, ट्रिपल स्पार्क डीटीएस–आई १९९.५ सीसी इन्जिन छ । यो इन्जिनले २३.५ पीएस पावर र १८.३ एनएम टर्क जेनेरेट गर्छ । एनएस २०० एबीएस एफआईको मूल्य ३ लाख ९१ हनार ९०० रुपैयाँ तोकिएको छ ।

पल्सर २२० एफ एबीएसमा डीटीएस–आई सिंगल सिलिन्डर एयर कुल्ड २२० सीसीको इन्जिन छ । यो इन्जिनले २०.४ पीएस पावर र १८.५५ एनएम टर्क जेनेरेट गर्छ । पल्सर २२० एफ एबीएसको मूल्य ३ लाख ५९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

पल्सर एनएस २०० एबीएसको मूल्य ३ लाख ६५ हजार रुपैयाँ तोकिएको छ ।

पल्सर १६० एनएस एबीएसको मूल्य ३ लाख १९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

पल्सर १५० टीडीको मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

पल्सर १५० को मूल्य २ लाख ७४ हजार ९०० रुपैयाँ तोकिएको छ ।

पल्सर १२५ को मूल्य २ लाख ४४ हजार ९०० रुपैयाँ तोकिएको छ ।

डिक्सकभर

डिक्सकभर १२५ डिक्सको मूल्य २ लाख १४ हजार ९०० रुपैयाँ तोकिएको छ ।

डिक्सकभर १२५ ड्रमको मूल्य २ लाख ९०० रुपैयाँ तोकिएको छ ।

डिक्सकभर १२५ एसटीको मूल्य २ लाख २५ हजार ९०० रुपैयाँ तोकिएको छ ।

एभेन्जर

एभेन्जर २२० क्रुजको मूल्य ३ लाख ६४ हजार ९०० रुपैयाँ तोकिएको छ ।

एभेन्जर १६० स्ट्रिट एबीएसको मूल्य ३ लाख ४३ हजार ९०० रुपैयाँ तोकिएको छ ।

प्लाटिना

प्लाटिना १०० इएसको मूल्य १ लाख ८९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

बजाज खुसीको ३ डोज

दशैं चाडको विशेष अवसरमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले ‘बजाज खुसी को ३ डोज’ योजना सार्वजनिक गरेको छ ।

बजाजले सदैव ग्राहकहरुका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउदै आइरहेको छ । र, कोभिड(१९ महामारीको समयमा पनि बजाजले ग्राहकहरु माझ खुसी बाड्न आवश्यकता अनुरुपका योजनाहरु ल्याएको छ । दशैं चाडको यो महत्वपूर्ण समयमा, बजाजले उपभोक्ताहरुलाई आफ्नो विशेषाधिकारको आनन्द उठाउने , खुसीका साथ उत्सव मनाउने र ग्राहहरुको सुरक्षाको ग्यारेन्टीको समेत सुनिश्चित गर्दछ ।

बजाजले सधैं विभिन्न पहल र अफरहरुका साथ ग्राहकहरुलाई समावेश गर्दै आइरहेको छ । यो दशैं चाडको अवसरमा बजाजले बजारमा ‘बजाज खुसी को ३ डोज’ अभियान ल्याएको हो । ग्राहकहरुले यस अफरअन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नु भन्दा पहिले, किन्ने बखत्मा र किनि सकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्दछन् ।

ग्राहकहरुले बाइक किन्नु भन्दा पहिले १० हजार रुपैयाँसम्मको अग्रिम नगद प्राप्त गर्न सक्छन् । त्यस बाहेक, उपभोक्ताहरुले मोटरसाइकलको खरीदको दौरानमा १ लाख रुपैयाँसम्मको नगद मूल्य प्राप्त गर्न सक्छन् र बम्पर अफरमा भने कुनै पनि अधिकृत डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि १० लाख रुपैयाँसम्मको नगद पुरस्कार प्राप्त गर्न सक्दछन् ।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, ‘बजाजले सदैव आवश्यकता अनुरुप ग्राहकहरुका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउँदै आएको छ । बजाजले दशैं महोत्सवको अवसरमा उपभोक्ताहरुलाई दोहोरो खुशी दिने प्रयास गर्ने उद्देश्यले ‘बजाज खुसी को ३ डोज’ अभियान प्रस्तुत गरेको हो, किनकि बजाज आफ्नो ग्राहकहरुलाई सधैं समयको आवश्यकता अनुसार रोचक र उपयोगी अफरहरु दिनको लागि समर्पित रहेको छ । हामीले आशा गरेका छौं कि ग्राहकहरु यस अफरबाट निकै खुसी हुनेछन् ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स