यातायात क्षेत्रको समस्या एकीकृत रुपमा समाधान गरिन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासघका अध्यक्ष हिरालाल श्रेष्ठ नेतृत्वको प्रतिनिध मण्डल र उप- प्रधानमन्त्री तथा भौतिक पुर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठ बीच मन्त्रालयमा मंगलबार भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

अध्यक्ष श्रेष्ठको नेतृत्वले मन्त्री श्रेष्ठलाई भेटी बधाई दिदै मालबाहक सवारी क्षेत्रले भोग्दै आएको समस्य र समाधानका उपायबारे जानकारी गराएको महासघका महासचिव राजेन्द्र बिक्रम बानियाँले जानकारी दिए ।

विशेष गरी भारतीय मालबाहक सवारीको निर्वाध नेपाल प्रवेश , भारतीय गाडीको ओभर लोड नियन्त्रण ओभर लोडका कारणले नेपालका सडकमा भएको क्षेती , जसबाट स्वदेशी ट्रक व्यवसायीहरु परायन हुनुपर्ने अवस्था , बिमाको क्षेत्रमा देखिएको कानुनी जटिलता , काठमाडौंमा ट्रक पार्किङ लगायत समस्याहरु बारेमा मन्त्री श्रेष्ठको ध्यानाकर्षण समेत गराएका थियो ।

ट्रक व्यवसायीहरुको समस्य र समाधानको उपायहरु सुनिसकेपछी मन्त्री श्रेष्ठले सबै समस्याहरुलाई एकीकृत रुपमा समाधान लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भेटघाट कार्यक्रममा महासघका अध्यक्ष , हिरालाल श्रेष्ठ , उपाध्यक्ष ,बिष्णु प्रसाद न्यौपाने , महासचिव राजेन्द्र बिक्रम बानियाँ , ध्रुव अर्याल , मधेश संयोगक , अर्जुन बहादुर सापकोटा बागमती प्रदेश ,केन्द्रियहरु रोहित श्रेष्ठ , सरोज कुमार खनाल ,बद्रीप्रसाद चौलागाईं र कार्यलय सचिव , रामचन्द्र न्यौपाने साथै अन्य ट्रक व्यवसायीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स