काठमाडौं । इलेक्ट्रिक कार हुन्डाई आयोनिक-५ नेपालमा आउने भएको छ । नेपालका लागि हुन्डाई कारको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आयोनिक-५ नेपाली बजारमा ल्याउने तयारी गरेको हो । कम्पनीका अनुसार आयोनिक-५ सन् २०२१ डिसेम्बरसम्ममा नेपाल ल्याउने तयारी अघि बढाइएको छ । डिसेम्बरमा आयोनिक-५ नेपाल ल्याउन सफल नभए सन् २०२२ को जनवरीसम्म ल्याउने कम्पनीले जानकारी दिएको छ ।
आयोनिक-५ हुन्डाईको ४५ वटा कन्सेप्ट कार मध्ये एक हो । आयोनिक-५ अल ह्वील ड्राइभ र टुह्वील ड्राइभगरी दुई भेरियन्टमा उपलब्ध छ ।
अल ह्वील ड्राइभमा २२५ किलोवाटको २ वटा इलेक्ट्रिक मोटर छ । अल ह्वील ड्राइभले ५.२ सेकेण्डमा ० देखि १०० किलोमिटरको गति लिन सक्छ ।
टूह्वील ड्राइभमा १६० किलोवाटको इलेक्ट्रिक मोटर छ । टूह्वील ड्राइभले ७.४ सेकेण्डमा ० देखि १०० किलोमिटरको गति लिन सक्छ ।
दुवै भेरियन्टमा ७२.६ किलोवाट आवर लिथियम आयन ब्याट्री छ ।
आयोजिनक-५ फुल चार्जमा ४८१ किलोमिटरको रेञ्ज दिन सक्षम छ । यसको टप स्पीड १८५ किलोमिटर प्रति घण्टा रहेको छ ।
आयोनिक-५ मा ८०० भोल्ट र ४०० भोल्ट चार्जिङ क्षमता छ । ३५० किलोवाटको डिसी चार्जिङ स्टेशनमा १८ मिनेटमा १० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्री चार्ज हुन्छ । ५ मिनेटमा १११ किलोमिटरसम्मको रेञ्ज बढाउन सकिन्छ ।
५० किलोवाट चार्जिङ स्टेशना ५६.३० मिनेटमा १० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्री चार्ज हुन्न्छ । ५ मिनेटमा २८ किलोमिटर रेञ्च बढाउन सकिन्छ ।
कारमा चार्जिङका लागि ११ किलोवाटको शक्तिशाली चार्जर छ । जसको मद्दतबाट घरमै चार्ज गर्न सकिन्छ ।
फिचर
आयोनिक ५ मा १२.२५ इन्चको ठूलो डिजिटल कल्स्टर छ । यसमा गाडीको स्पीड र ब्याट्री अवस्था देखाउँछ । १२.२५ इन्चको टचस्क्रिन छ । जसमा क्लाइमेट, इन्फोटेनमेन्टलगायतको सूविधा उपयोग गर्न सकिन्छ । साथै स्मार्टफोन चार्ज गर्नका लागि वायरलेस चार्जिङ पनि सुविधा छ ।
कारमा रहेको ‘इकल’ फिचरको मद्दतले दुर्घटनाको समयमा आफन्त वा प्रहरीमा अटोमेटीक फोन जान्छ । यसका लागि दुर्घटना हुँदा एयरब्याग भने खुल्नुपर्छ । साथै अघिल्लो र पछिल्लो क्याबिनमा यूसबी पोर्ट छ । ब्ल्यूलिंक कनेक्टेड कार सर्भिसको मद्दतबाट स्मार्टफोन वा भ्वाईसबाट कार कन्ट्रोल गर्न सकिन्छ ।