२०२५ सम्म विद्युतीय सवारी साधन बिक्री ४ करोड पुग्ने अनुमान, उत्पादक कम्पनीहरू नयाँ गाडी ल्याउने होडमा

काठमाडौं । पछिल्लो समय संसारभर विद्युतीय सवारी साधनको प्रयोग बढ्दै आएको छ । सवारी साधन प्रयोगकर्ताहरूले आफ्नो रोजाइ अनुसारको विद्युतीय साधन सहजै पाउने भएपछि यसको प्रयोग पनि बढ्दै गएको हो ।

विश्व बजारका केहि तथ्यांकलाई केलाउने हो भने २०३० सम्ममा विद्युतीय सवारी साधनको बिक्री ४ करोडसम्म पुग्ने अनुमान गरेका छन् । २०२१ सम्म विश्वभरमा ४२ लाख विद्युतीय सवारी साधन प्रयोगमा आएको तथ्यांक छ ।

सवारी साधनबारे जानकारी दिने ‘कार्सगाइड’ वेबसाइटकाअनुसार अहिले विश्वभरमा करिब ५१ देशहरुले पूर्ण रुपमा नै २०२५ सम्ममा विद्युतीय सवारीसाधनलाई अनुशरण गर्ने बताएका छन् ।

विद्युतीय सवारी साधनको बढ्दो माग र लोकप्रियताकाबीच विभिन्न कम्पनीहरूले भविष्यका लागि नयाँ नयाँ प्रविधिमा काम गरिरहेका छन् । टेस्ला, बिवाइडी, भल्सवागन, निशान, हुण्डाईजस्ता विश्वभरमै लोकप्रिय ब्राण्डहरुले अहिले भविष्यका लागि नयाँ र क्रान्तिकारी प्रविधिसहितको विद्युतीय सवारी साधन निर्माण गर्न गृहकार्य गरिरहेका छन् । विद्युतीय कारको क्रेज बढ्दै गएपछि गाडी उत्पादनक कम्पनीहरू नयाँ गाडी ल्याउने होडमा लागेका छन् ।

अहिले विश्वभर नै सैयौं विद्युतीय गाडीहरु उत्पादनको क्रममा छन् । हाई रेन्चका महँगादेखि सस्तासम्म गाडीहरू बजारमा आउने तयारी भइरहेको छ । विद्युतीय सवारी साधन निर्माण गर्ने होडमा विश्व बजारका चर्चित सुपरकार ब्राण्ड तथा लक्जरी कार ब्राण्डहरू पनिसँगसँगै हिडेका छन् ।

कियाको ‘ईभी नाइन’ २०२३, बिवाईडी’को नयाँ गाडी ‘सिल’ २०२३ को नोमेम्बरमा र २०२३ मै अडिले ए सिक्स इ ट्रोन गाडी बजारमा ल्याउँदै छ ।

विद्युतीय सवारी साधनको बजारमा लिफ गाडीबाट निकै चर्चित रहेको हुण्डाईले पनि एरिया एसयुभीलाई २०२३ मा नै बजारमा उपलब्ध गराउने उल्लेख गरेका छ । टोयटाको बिजि फोर एक्स, मर्सिडिज बेन्जको ईक्युएस एसयुभी, भोल्भोको सि४० पनि २०२३ मा बजारमा आउने तयारीमा रहेका छन् ।

होण्डाको प्रोलग पूर्ण रुपमा विद्युतीय एसयुभी २०२४ र २०२४ मा एमजी ५ तथा फाइभलाई २०२५ को अक्टोबरमा, २०२५ मा टाटाको अभिन्या र अल्ट्रोज इभी(मिति नखुलेको), २०२५ मा जिपको एभेन्जरजस्ता गाडीहरू पनि बजारमा आउने तयारीमा छन् । सन्

विश्व बजारको यो मागालाई ध्यानमा राखेर सवारी साधन उत्पादकहरूले आगामी दिनका लागि पनि नयाँ नयाँ विद्युतीय सवारी साधनको उत्पादन शुरु गरिसकेका छन् । बजारमा नयाँ क्रेज सिर्जना भएको छ, वातावरणलाई हानी नोक्सानी पनि नपुर्याउने सवारी साधनको लागि उत्तिकै उत्साह बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स