मोटरसाइकल करः फागुन महिनासम्म ५ वर्षको जरिवाना छुट

काठमाडौं । यातायात व्यवस्था विभागले मोटरसाइकलको कर तिर्नेलाई जरिवानामा शतप्रतिशत छुट दिएको छ । आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७५/७६ सम्म तोकिए बमोजिमको कर तथा नवीकरण समेत भुक्तानी नगरेका सवारी धनीले यही २०७९ फागुन मसान्तभित्र कर बुझाएमा जरिवाना छुट हुने भएको छ । बिहीबार एक सूचना प्रकाशित गरि यातायात व्यवस्था कार्यालय काठमाडौंले यस्तो जानकारी दिएको हो ।

कार्यालयले विगत आर्थिक वर्षहरुदेखि कर तिर्न बाँकी भएका सवारी धनीहरुलाई कर तथा नवीकरण समयमै भुक्तानी गरेर लाभ लिन आग्रहसमेत गरेको छ । प्रयोग नभएका सवारी साधनहरु चालु आर्थिक वर्षसम्मको कर नवीकरण तथा जरिवाना रकम भुक्तानी गरी विधिवत लगतकट्टा गर्न पनि विभागले भनेको छ ।

सवारी साधन कर नतिरेमा सरकारी बक्यौता सरह असुलउपर गरिने र त्यसका लागि स्थानीय तहहरूसँग समन्वय समेत गरिएको कार्यालयले बताएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स