भ्यालेन्टाइन डेको अवसरमा टिभिएस स्कुटरले ल्यायो ‘टिभिएस लभ एक्सप्रेस’, ६ हजार रूपैयाँ सम्मको नगद छुट

काठमाडौं । टिभिएस स्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डे को अवसर पारेर आफ्नो सम्पूर्ण टिभिएस् स्कुटरहरुमा ‘टिभिएस लभ एक्सप्रेस’ योजना ल्याएको छ ।

यस योजनाको थिम ‘एक्सप्रेस द पावर अफ लभ’ रहेको छ । यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँँ टिभिएस स्कुटर खरिदमा ६ हजार रूपैयाँ सम्मको स्योरशट नगद छुट पाउनेछन् ।

जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआइ लगायत नेपालमा सबैभन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टि स्कुटर एन्टर्क बिक्रि वितरण गर्दै आइरहेको छ । स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर हो ।

टिभिएस एन्टर्क रेस एक्सपी नेपालको पहिलो र एक मात्र १२५ सिसिको स्कुटर हो जसमा भएको बिएस ६ र आरटि(एफआइ इन्जिनले एक्स्ट्रा माइलेज दिन्छ । यस स्कुटरले १० बिएचपी भन्दा बढीको पावर जेनेरेट गर्छ ।

यो स्कुटरमा एक्सपी आर्थात एक्स्ट्रा पावरका कारण राइड गर्दा पहिलेको भन्दा अझै पावरफुल भएको अनुभव हुन्छ । यसमा भएको राइड मोड (स्ट्रिट÷रेस) चेन्ज अप्सनले गर्दा आफुलाई चाहे अनुसारले सजिलै स्कुटरको पर्फर्मेन्स चेन्ज गर्न सकिन्छ । साथै यसमा भएको ब्लुटुथ कनेक्टिभटी र भोइस असिस्टले गर्दा आफ्नो स्कुटरलाइ सजिलै आफुले चाहे जसरि कन्ट्रोल गर्न पनि सकिन्छ । यसमा रहेका आकर्षक कलर अप्सनले गर्दा झनै मन लोभ्याउने गर्छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले जम्मा ३,९९९ रूपैयाँ÷– (१३३ रूपैयाँ प्रतिदिन), २५% डाउन पेमेन्ट गरेर ११.९९% ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो योजना माघ २४ गतेदेखि फाल्गुन १६ गतेसम्म लागु हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स