मोटरहेडको टेकन आर-२५० डर्ट मोटरसाइकल सार्वजनिक, शुरुवाती मूल्य ४ लाख ५ हजार

काठमाडौं । नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारीक बिक्रेता एसएलआर टेक्नो एण्ड ट्रेडले नयाँ टेकन आर-२५० डर्ट मोटरसाइकल सार्वजनिक गरेको छ । दुई फरक आकर्षक रंगमा उपलब्ध मोटरसाइकलको शुरुवाती मूल्य ४ लाख ५ हजार रुपैयाँ तोकिएको छ । यो मूल्य सिमित अवधिको लागि मात्र रहेको कम्पनीले जनाएको छ ।

विगत ५ वर्ष देखि नेपाली बजारमा डर्ट सेग्मेन्टको बाइकको बिक्री गर्दै आएको कम्पनीले स्क्याम्बलर तथा क्रसओभर मोटरसाइकल पनि बिक्री गर्दै आइरहेको छ।

काठमाडौंमा आइतबार एक कार्यक्रमकाबीच टेकन आर-२५० को बिक्री शुरु भएको हो । टेकन आर-२५० मा २२३ सीसीको इनर व्यालेन्सर इन्जिन रहेको छ । उक्त इन्जिनले ८ हजार आरपीएममा १६.७६ बीएचपी पावर तथा ६ हजार ५ सय आरपीएममा १७ एमएम टर्क उत्पादन गर्छ । मोटरसाइकलमा ६ स्पीडको गियरवक्स दिएको छ ।

निकै आकर्षक स्वरुपको आर-२५० को अधिक्तम गति १२० किलोमिटर प्रतिघण्टा रहेने कम्पनीले जनाएको छ । मोटरसाइकलमा डबल डिस्कब्रेक, कडा च्यासीस, शानदार ग्राफिक्स, स्टाइलीस हेडलाईट, स्लीक सेप इन्डिकेटर, इनबिल्ट लेगगार्ड र इन्जिन गार्डका साथै आरामदायी सिट लगायत विशेषता छन् ।

बिक्री पछिको सेवाको गुणस्तर बृद्धिमा निरन्तर प्रयास गरिरहेको कम्पनीले मोटरहेड चीनसँग समन्वय गरि आउँदा दिनहरुमा नयाँ स्तरमाको सेवा मार्फत ग्राहकहरुलाई सन्तुष्टि दिने, कम्पनीका जनरल मेनेजर उज्जवल जोशीले बताए ।

उनले मोटरहेड मोटरसाइकल नेपालको सबै भूभागको लागि उपयुक्त हनुको साथै यसको फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरन्स, राम्रो पिक अप, पावर रहेको दावी समेत गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स