दशैंमा कार किन्ने योजनामा हुनुहुन्छ, कति पैसा लाग्छ ? यस्तो छ हुन्डाईको अफर

काठमाडौं । नेपालमा हुन्डाईका गाडी चर्चित छन् । लक्ष्मी इन्टरकन्टिनेन्टले प्रालिले नेपालमा हुन्डाईका गाडी बिक्री वितरण गर्दै आइरहेको छ । हुन्डाईले हाल १२ मोडलका ४२ भेरियन्टका कार बिक्री गर्दै आइरहेको छ । जसमा दुई मोडल इलेक्ट्रिक हुन् भने बाँकी पेट्रोल र डिजलबाट सञ्चालन हुन् ।

कम्पनीले अल न्यू क्रेटा १० भेरियन्टमा बिक्री गर्दै आइरहेको छ । नेपालमा पछिल्लो समय सबैभन्दन धेरै रुचाइएको सेगमेन्टमध्ये क्रेटा पनि एक रहेको छ । क्रेटा पेट्रोल र डिजल दुवै इन्धन अप्सनमा उपलब्ध छ । जसमा पेट्रोल इन्धन ७ र डिजल ३ अप्सनमा उपलब्ध छ । क्रेटाको शुरुवाती मूल्य ४५ लाख ५६ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य ७४ लाख ९६ हजार रुपैयाँ छ ।

भेन्यू ७ भेरियन्टमा उपलब्ध छ । भेन्यूका ५ भेरियन्ट पेट्रोल र २ भेरियन्ट डिजल अप्सनमा उपलब्ध छ । भेन्यूको शुरुवाती मूल्य ३६ लाख ९६ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य ५१ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीसँग २ मोडलका ३ भेरियन्टका इलेक्ट्रिक कार उपलब्ध छ । कोना इभी १०० किलोवाट र कोना इभी १५० किलोवाट तथा आयोनिक इभी १०० किलोवाट रहेको छ । कोना इभी १०० किलोवाटको मूल्य ५६ लाख ९६ हजार रुपैयाँ र कोना इभी १५० किलोवाटको मूल्य ७१ लाख ९६ हजार रुपैयाँ तथा आयोनिक इभी १०० किलोवाटको मूल्य ५७ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीसँग उपलब्ध कारमध्ये सबैभन्दा महँगो प्यालीसेड जीएलएस रहेको छ । प्यालीसेड जीएलएसको मूल्य २ करोड २५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । हुन्डाईको सस्तो कारको रुपमा सान्ट्रो इरा रहेको छ । सान्ट्रो इराको मूल्य २५ लाख ५६ हजार रुपैयाँ तोकिएको छ ।

यस्तो छ अफर

हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले भदौ २४ गतेदेखि आउँदै गरेको चाडपर्वलाई लक्षित गर्दै ‘हुन्डाई फेस्टीभ डिलाइट २०७८’ ग्राहकमाझ ल्याएको छ ।

यस योजनामा ग्राहकले गाडी किन्दा आकर्षक नगद छुट, स्क्रयाच कुपनबाट नगद जित्ने मौका जस्ता धेरै किसिमका छुट पाउन सक्नेछन् । जसमा बम्पर उपहारको रुपमा हुन्डाई आई २० राखिएको छ । साथै ३ लाख रुपैयाँसम्मको नगद छुट र थप १ एक लाख नगद छुटको व्यवस्था गरिएको छ । एक वर्षका लागि निःशुल्क बीमा र सडक दस्तुरको व्यवस्था मिलाइएको छ ।

कम्पनीले नेपालका विभिन्न सहरमा १३ वटा शोरुम र १७ वटा सर्भिस सेन्टर मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

हुन्डाईको मूल्य

Sn. Model Variants Capacity Fuel Price – MRP
1 Santro Era 1086cc Petrol 25,56,000
Magna 1086cc Petrol 27,56,000
Magna AMT 1086cc Petrol 30,56,000
Sportz 1086cc Petrol 29,96,000
Asta 1086cc Petrol 32,26,000
2 Grand i10 NIOS Magna 1197cc Petrol 31,96,000
Magna AMT 1197cc Petrol 34,56,000
Sportz 1197cc Petrol 34,56,000
3 Aura S 1197cc Petrol 34,96,000
4 All new i20 Magna 1197cc Petrol 37,96,000
Sportz 1197cc Petrol 41,96,000
5 Verna ( 2019 ) SX 1591cc Petrol 49,96,000
SX(O) 1591cc Petrol 53,96,000
6 Venue E 1.2 1197cc Petrol 36,96,000
S 1.2 1197cc Petrol 40,56,000
S+ 1.2 1197cc Petrol 44,56,000
S iMT 1.0T 998cc Petrol 45,56,000
SX iMT 1.0T 998cc Petrol 51,96,000
S 1.5 1493cc Diesel 44,56,000
SX 1.5 1493cc Diesel 50,56,000
7 All New Creta E 1497cc Petrol 47,56,000
E Loaded 1497cc Petrol 47,96,000
EX 1497cc Petrol 50,96,000
S 1497cc Petrol 54,56,000
SX 1497cc Petrol 62,56,000
SX CVT 1497cc Petrol 68,96,000
SX(O) CVT 1497cc Petrol 74,96,000
E 1493cc Diesel 45,56,000
E Loaded 1493cc Diesel 45,96,000
S 1497cc Diesel 57,56,000
8 Tucson GL 2WD MT 1999cc Petrol 89,96,000
GLS 2WD AT 1999cc Petrol 1,07,96,000
GLX 2WD AT 1999cc Petrol 1,14,96,000
GLX 4WD AT 1999cc Diesel 1,34,96,000
9 Santa Fe GLS 4WD AT 2497cc Petrol 1,68,96,000
GL 4WD AT 2151cc Diesel 1,65,96,000
GLS 4WD AT 2151cc Diesel 1,88,96,000
10 Palisade GL 2199cc Diesel 1,94,96,000
GLS 2199cc Diesel 2,25,96,000
11 IONIQ EV 100 KW Electric 57,96,000
12 KONA EV 100 KW Electric 56,96,000
EV 150 KW Electric 71,96,000

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स