फागुन १ देखि भेष्पा र अप्रिलिया स्कुटरको मूल्य बढ्ने, कुनको मूल्य कति ?

काठमाडौं । फागुन १ गतेदेखि भेष्पा तथा अप्रिलिया स्कुटरको मूल्य बढ्ने भएको छ । आधिकारिक विक्रेता एमभी दुगड ग्रूपले यसवारे जानकारी दिँदै नयाँ मूल्य सुची समेत सार्वजनिक गरिसकेको छ ।

कम्पनीका अनुसार यी स्कुटरमा २ हजारदेखि ६ हजार पाँच सय रुपैयाँसम्मले मूल्य वृद्धि हुन लागको हो । कम्पनीले भेष्पा र अप्रिलिया स्कूटरको मूल्य बढ्न लागेको पुरानै मूल्यमा किन्न चाहने ग्राहकले यहि महिनाभित्र खरिद गरिसक्न कम्पनीले आह्वान गरेको छ ।

एमभी दुगडले भेष्पा ब्राण्डको सबैभन्दा सस्तो स्कुटर नोट्टे र एलएक्समा पाँच हजार रुपैयाँ वृद्धि गरी दुई लाख ९६ हजार ९४६ पुग्ने जानकारी दिएको छ । १२५ सीसीका भिएक्सएल स्कुटरको मूल्य तीन लाख ४६ हजार ९४६ रुपैयाँ पर्नेछ भने एसएक्सएल तीन लाख ६० हजार ९४६ रुपैयाँ र एसएक्सएल मेटको तीन लाख ६२ जार ९४६ कायम हुने भएको छ ।

१५० सिसी सेग्मेन्टमा उपलब्ध भिएक्सएलको नयाँ मूल्य चार लाख लाख एक हजार ९४६ रुपैँया कायम गरिएको छ । यसअघि यो स्कुटरको मूल्य तीन लाख ९५ हजार ४४६ रुपैयाँ निर्धारण गरिएको थियो । यसअघि चार लाख ११ हजार ४४६, चार लाख १३ हजार ४४६ र चार लाख ३३ हजार ४४६ रुपैयाँमा बिक्री हुँदै आएका एसएक्सल १५०, एसएक्सएल १५० मेट र एलिगेन्टे १५० को नयाँ मूल्य क्रमश चार लाख १७ हजार ४४६, चार लाख १९ हजार ४४६ र चार लाख ३९ हजार ४४६ रुपैयाँ कायम गरिएको छ ।

अप्रिलिया १२५ स्ट्रोम, एसआर १२५, एसआर १५०, एसआर १५० रेस र एसएक्सआर १६० को नयाँ मूल्य क्रमशः दुई लाख ७३ हजार नौ सय दुई लाख ८३ हजार नौ सय, तीन लाख ३४ हजार नौ सय, तीन लाख ५७ हजार नौ सय र चार लाख ६० हजार चार सय रुपैयाँ निर्धारण गरिएको छ ।

यसअघि यी स्कुटरको मूल्य क्रमश दुई लाख ७१ हजार नौ सय रुपैयाँ, दुई लाख ७८ हजार नौ सय रुपैयाँ, तीन लाख २८ हजार नौ सय रुपैयाँ, तीन लाख ५१ हजार नौ सय र चार लाख ५४ हजार नौ सय रुपैयाँ कायम गरिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स