कलाकार हरिबंश आचार्यले बीवाईंडी एट्टो ३ इलेक्ट्रिक कार किने

काठमाडौं । चर्चित कलाकार हरिबंश आचार्यले बीवाईडी एट्टो ३ इलेक्ट्रिक कार किनेका छन् । एक कार्यक्रमका बीच बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले कलाकार आचार्यलाई उक्त कारको साँचो हस्तान्तरण गरिकी छिन् ।

कलाकार आचार्यले आफ्नो फेसबुक पेजमार्फत ‘आजबाट म पनि देशमै उत्पादित बिजुलीबाट चल्ने बीवाईडीको बिजुली गाडीमा’ भन्ने स्टाटस सहितको तस्बिर पोस्ट गरेका छन् ।

कलाकार आचार्य बीवाईडीको ब्रान्ड एम्बेसडर समेत हुन् । गत जेठ महिनामा उनलाई एक कार्यक्रमका बीच ब्रान्ड एम्बेसडर घोषित गरिएको थियो ।

गत असोज अन्तिम सातामा बीवाईडी एट्टो ३ नेपालमा सार्वजनिक गरिएको थियो । सो अवसरमा कलाकार आचार्यले नेपालमा इलेक्ट्रिक सवारी साधनको प्रयोग आगामी दिनमा बढ्दै जाने र यसमा पनि बीवाईडी एट्टो ३ आफूलाई मन परेको बताएका थिए ।

सो गाडी कलाकार आचार्यले अन्य सामान्य ग्राहक सरह नै किनेको साइमेक्स इंककी प्रबन्ध निर्देशक श्रेष्ठले बताइन् ।

सो कारको मूल्य ८९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । यसमा ६०.४ किलोवाट क्षमताको ठूलो ब्लेड व्याट्री जडान गरिएको छ । यसले २०० एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ । ८० किलोवाटको फास्ट चार्जरले करिव ४५ मिनेटमै फुल चार्ज गर्न सकिने यस कारले ४२० किलोमिटर सम्मको रेन्ज दिने दाबी गरिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स