काठमाडौं । भारतको इण्डीया एक्सपो मार्ट, ग्रेटर नोइडा, दिल्लीमा शुरु भएको १६ औं अटो एक्सपो २०२३ समापन भएको छ ।
भारतको दिल्लीस्थित ग्रेटर नोइडाको इन्डिया एक्सपो मार्टमा गत पुस २९ गतेदेखि सुरु भएको एक्सपो आज (माघ ४ गते) सम्पन्न भएको हो।
नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको नाडा प्रतिनिधिमण्डलले उक्त प्रदर्शनीको अवलोकन भ्रमण सम्पन्न गरेको छ। नाडाका केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यसहित १५० भन्दा बढी सदस्यले उक्त प्रदर्शनीको अवलोकन गरेका थिए।
प्रदर्शनीको प्रमुख आयोजक सोसाइटी अफ इन्डियन म्यानुफ्याक्चरिङ एसोसिएसनले पहिलोपटक आयोजना गरेको ‘अटो ट्रेड डायलग’मा नाडाका अध्यक्ष थापाले नेपालको अटोमोबाइल क्षेत्रको चुनौती र समस्याहरुका बारेमा आफनो धारणा राखेका थिए।
कार्यक्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले ‘नेपाल अटो मार्के एन्ड पोलिसी ट्रेन्ड’का विषयमा विशेष प्रस्तुति दिएका थिए।
कार्यक्रममा सिलोन मोटर टे«डर्स एसोसिएसनका सभापति चराका पिरेरा, बंगलादेश अटोमोबाइल एसेम्बलर एन्ड म्यानुफ्याक्चरिङ एसोसिएसनका अध्यक्ष अब्दुल मतलुब अहमदले समेत आफ्नो देशको अटोमोबाइल व्यवसायका चुनौतीहरुबारे चर्चा गरेका थिए।
सो डाइलगको सेसन मोडरेटर सियामका स्ट्र«याटिजी ब्राण्ड एण्ड कम्मुनिकेशन, भि.इ कमर्सियल भेहिकल्सका सिनियर भाइस प्रेसिडेण्ट भगवान विण्डीगनाभिले गरेका थिए । सो डाइलगमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रति, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्यद्धय प्रकाश कपुरी, आकाश गोल्छा तथा यमुना श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।
त्यसैगरी सियामले पौष २८ गते सोहि स्थानमा पहिलो पटक आयोजना गरेको इभी डिस्कस्न कार्यक्रममा नाडाकातर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, केन्द्रीय कार्य समिति सदस्यद्धय आकाश गोल्छा तथा यमुना श्रेष्ठ सहभागी भएका थिए । सियामले नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई सो डाइलग र डिस्कशन कार्यक्रमहरुमा सहभागी भई आफनो धारणाहरु राखि दिन निमन्त्रणा समेत गरेको थियो ।
यसैक्रममा अटोमोटिभ कम्पोनेण्ट मेनुफेक्चर्स एशोसिएशनले पौष २७ गते देखि माघ १ गतेसम्म दिल्लीको प्रगति मैदानमा आयोजना गरेको १६ औं अटो एक्सपो (कम्पोनेण्टमा) पनि नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरु लगायत नाडाका सदस्य कम्पनीहरुले उल्लेख्य मात्रमा अवलोकन भ्रमण गरेका थिए ।
यसबाट नाडाको सियाम र एक्मा विचको पारस्परिक सम्बन्ध थप मजबुत भएको छ । स्मरणीय छ नाडाले पनि हरेक बर्षको दशै अगाडी भुकृटी मण्डपमा नाडा अटो शो सम्पन्न गर्दे आएको छ ।