टीभीएसको भृकुटीमण्डपमा दशैं एक्सचेन्ज मेला, बजार मूल्यभन्दा १० हजार अधिक मूल्यांकन

काठमाडौं । जगदम्बा मोटर्सले काठमाडौंको भृकुटीमण्डपमा टीभीएस ग्रान्ड दशैं एक्सचेन्ज मेला शुरु गरेको छ । असोज ६ गतेसम्म चल्ने यो मेलामा ग्राहकले कुनै पनि वाइक वा स्कुटरको सट्टामा टीभीएसको नयाँ वाइक वा स्कुटर किन्न सक्नेछन्।

एक्सचेन्ज मेलामा कुनै पनि पुरानो वाइक वा स्कुटर बजार मूल्य भन्दा १० हजार बढी मूल्यांकन पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार नयाँ सवारी खरीद नगरी एक लाख रुपैयाँसम्म र किनिसकेपछि १० लाख रुपैयाँसम्म आकर्षक उपहार पाउनेछन् ।

कम्पनीले शुन्य ब्याजदरमा विशेष सुविधाकासहित किस्ताबन्दीमा सवारी साधन किन्ने योजना समेत ल्याएको छ । कम्पनीका अनुसार प्रि बुकिङ गरे मात्रै पनि ग्राहकले दुई हजार रुपैयाँ बराबरको आकर्षक उपहार समेत पाइनेछ ।

कम्पनीले एक्सचेन्ज इएमआई अफर समेत ल्याएको छ। यो अफर अन्तर्गत कुनै पनि कम्पनीको पुरानो वाइक वा स्कुटर लिएर गएमा त्यसको मूल्यांकन बराबरको रकम डाउन पेमेन्ट तिरेर बाँकी रकम इएमआईको शुरुवाती दर ५ हजार ९ सय ९९ रुपैयाँ तिरे पुग्छ ।

कार्यक्रममा जगदम्बा मोटर्सक अध्यक्ष साहिल अग्रवालले नेपालीको महान चाड दशैंमा नयाँ सवारी साधन किन्ने ग्राहकलाई सहुलियत दिन एक्सचेन्ज अफर ल्याएको बताए ।

जगदम्बा मोटर्स नेपालमा टीभीएस टू-ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ ।

गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स