दशैं लक्षित उपहार सार्वजनिक गर्दै गाडी कम्पनीः नगद छुटदेखि गाडी नै उपहारसम्मका योजना

काठमाडौं । दशैं नजिकिएसँगै अटोमोबाइल्स कम्पनीहरूले धमाधम विशेष छुट र उपहार दिएर सवारी साधन बिक्री खुला गरेका छन् । अहिले बजारमा दुई र चारपाङ्ग्रे सवारी बिक्रेताहरूले चाडपर्व लक्षित विभिन्न उपहार र विशेष छुट दिएर सवारी साधन बिक्री गर्ने स्कीमहरू ल्याएका छन् ।

अटो बजारमा सवारी साधन बिक्रेताहरूले आएको छुट र उपहारले चाडपर्वको माहोल बन्दै गएको देखिएको छ । अटो बजारमा देखिएको यो माहोलले बिक्रेताहरूबीच प्रतिस्पर्धा बढेको छ ।

दशैं नजिकिएसँगै टाटा, हुन्डाई, सुजुक, टोयोटा, निशान, जीप, प्रोटोन, ड्याट्सन, किया, रेनोलगायतका गाडी बिक्रेता कम्पनीले ग्राहकलाई आकर्षण गर्न छुट ल्याएका छन् ।

जीपको लिजेन्ड्री अफर

जीपको आधिकारीक विक्रेता एमएडब्लू लाइफ अटोमोवाइलले लिजेन्ड्री स्कीम चलाइरहेको छ । कम्पनीले जीप कम्पासको फेसलिफ्ट मोडल नेपाल ल्याएसँगै यो स्कीम संचालन गरिरहेको हो ।

यो स्कीममा जीप कम्पास किन्ने ग्राहकले थोरै रकम डाउन पेमेन्ट र कम व्याजदरमा कर्जा सुविधा पाउने छन् । जीपले कम्पास किन्ने ग्राहकलाई सुरुमा २० प्रतिशत डाउन पेमेन्टमा नै गाडी दिइरहेको छ ।

यस योजनामा गाडी किन्ने ग्राहकले कम्तीमा १६ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्ने हुन्छ भने बाँकी रकम कर्जा सुविधा पाउने छन् । यसरी लिने कर्जामा ६.९९ प्रतिशत व्याज लाग्ने छ ।
जीपको लिजेन्ड्री अफर

जीप कम्पासको मूल्य ८४ लाख ९० हजारदेखि १ करोड ३६ लाख ९० हजार रुपैयाँसम्म निर्धारण गरेर विक्री गर्दै आएको छ । कम्पास विभिन्न ९ भेरियन्ट र दुई इन्जिन अप्सनमा उपलब्ध रहेको छ ।

अमेरिकी एसयूभी निर्माता क्राइसलर मोटरको उत्पादन जीप कम्पास भारतमा उत्पादन भएको एसयूभी हो ।

टाटा हातै खाली नजाने अफर

नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले चाडपर्वका लागि हातै खाली नजाने अफर ल्याएको छ । टाटा यो अफरमा प्रत्येक कमर्सियल गाडी खरिद तथा बुकिङ गर्दा ग्राहकहरूले ४ पटकसम्म विभिन्न आकर्षक उपहारहरू प्राप्त गर्न सक्नछन् । यो बेला टाटाको सवारी साधन खरिद गर्दा ग्राहकहरूले सर्भिस कुपन, क्यास ब्याक जस्ता आकर्षक अफर र उपहारहरू प्राप्त गर्न सक्नेछन् ।

हरेक साताको ‘लक्की ड्र’ मार्फत बुकिङ गर्ने ग्राहकहरूमध्ये एक जना ४० इन्चको एमआई स्मार्ट टिभी र बम्पर लक्की ड्र मार्फत् गाडी खरिद गरेका ग्राहकहरूमध्ये ४३ जना ग्राहकले थप उपहार प्राप्त गर्न सक्ने छन् ।

टाटाको गाडी खरिदमा ग्राहकहरूले एसी, वासिङ मेसिन, ल्यापटप, स्मार्ट टीभी, स्मार्टफोन, फ्रिज, ईएमआई जस्ता सुविधा र उपहारहरू पाउने छन् ।

टाटाको मिनी ट्रक, मिनी टिपर, ट्रक, टिपर, बस, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक जस्ता गाडीहरूको खरिद गर्ने ग्राहकहरूको लागि यो उपहार योजना ल्याएको हो ।

हुन्डाई ‘फेस्टीभ डिलाइट योजना

हुन्डाईले दशैं लक्षित विभिन्न अफर ल्याएको छ । नेपालका लागि हुन्डाई गाडीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं तिहार योजना अनुरुप ‘फेस्टीभ डिलाइट २०७८’ नामक योजना ल्याएको कम्पनीले जनाएको छ ।

कम्पनीले ग्राहकले ३ लाखसम्मको नगद छुट पाउने छन् । तर, यो छुट रकम भने मोडल अनुसार फरक फरक हुने छ । त्यसको साथै स्क्र्याच कार्ड मार्फत १ लाखसम्मको अतिरिक्त छुटसमेत ग्राहकले पाउने छन् । कम्पनीले ६ वर्षसम्म निःशुल्क सर्भिसिङ, १ वर्षको बीमा सुविधा र बम्पर उपहारमा हुन्डाई नयाँ जेनेरेशन आई २० एकजनालाई दिने योजनामा उल्लेख छ ।

लक्ष्मी हुन्डाईले नेपाली बजारमा अहिले सेन्ट्रो, ग्राण्ड आई १० नियोस, आई २०, क्रेटा, भेन्यू, नयाँ जेनेरेशन टुसान, सान्ताफे, प्यालिसेड, कोना इलेक्ट्रीक र आयोनिक इलेक्ट्रीक बिक्री गर्दै आएको छ ।

टोयोटा ‘टोयोटा एक्सचेञ्ज कार्निभल’ आयोजना

नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस)ले चाडपर्व नजिकिएसँगै ‘टोयोटा एक्सचेञ्ज कार्निभल’ आयोजना सार्वजनिक गरेको छ ।

कम्पनीले आफ्नो नेपालभर रहेका टोयोटा शोरुमहरुमा आज भदौ २८ देखि असोज ३ गतेसम्म उक्त एक्स्चेञ्ज कार्यक्रम संचालन गर्ने भएको हो ।

नयाँ टोयोटा रस, हाइलक्स, कोरोला क्रस, फर्चुनर, र्याभ फोर हाइब्रिड, प्राडोजस्ता मोडलसँग पुरानो गाडी ल्याएर ग्राहकले एक्सचेन्ज गर्न सक्ने छन् । उक्त एक्सचेन्जमा ग्राहकले आकर्षक सुविधा प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।

सुजुकी दुई लाखसम्म नगद छुट

सुजुकी कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिङको अटोमोटीभ डिभिजन सिजी मोटोकर्पले पनि चाडपर्व लक्षित दशैं तिहार स्कीम ल्याएको छ ।

‘सुजुकी पर्वोत्सव अफर’ नामक योजनमा ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, एक लाख पचास हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, बीस हजार रुपैयाँसम्म लोयोल्टी बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत ७५ हजारसम्म अतिरिक्त छुट पाउने छन् ।

सुजुकीले स्टकमा रहेका मोडलमा क्लियरेन्स अफर भनेर विशेष छुटको व्यवस्था समेत ल्याएको छ ।
सुजुकीले आफ्ना विभिन्न मोडेलमा फरक फरक छुट हुने जनाएको छ । मारुती सुजुकी ब्रान्डले एसप्रेसो, वागेन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सिआज, ब्रेजा, एसक्रस, एर्टिगा, एक्सएल सिक्स, इको, इको कार्गो र सुपर क्यारी जस्ता मोडल विक्री बितरण गर्दै आएको छ ।

डाट्सन रेडमी नोट १० एस मोवाइल उपहार

डाट्सनको आधिकारीक विक्रेता पायोनियर मोटोकर्पले चाडपर्व लक्षित आकर्षक अफर ल्याएको छुटको अफर ल्याएको छ । ‘ड्याटसन फेस्टिभ हट डील’ नामक योजनामा ल्याएको हो ।

कम्पनीले ल्याएको स्कीममा डाट्सनका कुनैपनि गाडी किन्ने ग्राहकले १ लाख २५ हजार रुपैयाँसम्म नगद छुट पाउने छन् भने रेडमी नोट १० एस मोवाइल पनि उपहार स्वरुप पाउने छन् ।

कम्पनीले ग्राहकलाई एक वर्षको बीमा शुल्क, वार्षिक कर र ३ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ । समग्रमा चाडपर्वमा गाडी किन्ने ग्राहकले २ लाख ४ हजार रुपैयाँ बराबरको छुट पाउने कम्पनीले जनाएको छ ।

निशानको २ लाख ५० हजारसम्म क्यास डिस्काउन्ट

 

पछिल्लो समय लोकप्रिय बन्दै गएको निशानले पनि दशैं तिहार अफर सार्वजनिक गरेको छ । निशान किक्स गाडी किन्ने ग्राहकलाई २ लाख ५० हजारसम्म क्यास डिस्काउन्ट, एक बर्षका लागी निशुल्क इन्युरेन्स, रोडट्याक्स, र तीन बर्षका लागी सर्भिसिङ निशुल्क र वारेन्टी दिएको छ ।

त्यसै फोर्ड, एमजी, जिप, किया, महिन्द्र लगाएतका चारपाग्रे सवारी विक्रेता कम्पनीले चाडपर्व अफर ल्याउने क्रममा छन् ।

प्रोटोन ‘दशैं दक्षिणा’ योजना’

चाडपर्वको मौसम नजिकिएसँगै प्रोटोनले भारी दक्षिणा सहितको ‘दशैं दक्षिणा’ योजना ल्याएको छ ।

जसमा ग्राहकले प्रोटोनको सागा र एक्स ७० गाडीको खरिदमा ६ लाखसम्मको दक्षिणा प्राप्त गर्न सक्ने छन भने कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ प्रोटोन एक्सचेन्ज गरेमा ग्राहकले ५० हजार देखि २ लाखसम्म एक्सचेन्ज बोनस स्वरुप स्वरुप प्राप्त गर्न सक्नेछन् ।

पुरा पैसा तिरेर नयाँ सवारी किन्न इच्छुक ग्राहकले ५० हजारदेखि २ लाख ५० हजारसम्म नगद छुट पाउने छन् । निःशुल्क बीमा, एक वर्षको वार्षिक कर, विभिन्न एशोसरीजहरु ग्राहकले पाउने छन् ।

होण्डाको ७ प्रदेश, ७ विजेता, ७ लाख

नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ प्रालिले आफ्नो दशैं तथा तिहार स्किम ‘होण्डाको साथ ७’ ल्याएको छ । नेपालमै पहिलो पटक सात प्रदेशलाई समावेश गरिएको यस योजनामा हरेक प्रदेशबाट होन्डा खरिद गर्ने १ जनालाई १ लाख रुपैयाँ प्रदान गरिने कम्पनीले जनाएको छ ।

यस योजनाको समय अविधिभर होण्डाको ग्राहकहरुले स्क्रयच कुपन मार्फत हात खाली नजाने गरी १ लाख रुपैयाँसम्म नगद उपहार प्राप्त गर्न सक्ने छन् । यसका साथै यस योजना अन्तर्गत ग्राहकहरुले, ७ वर्षको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गर्न सक्ने छन् ।

त्यसैगरी होण्डा बिग बाइकको खरिदमा ४० हजारसम्मको क्यास ब्याक, १ रुपैयाँको डाउन पेमेन्ट, १ रुपैयाँको इएमआई र १ प्रतिशत ब्याजदरमा समेत होण्डाका मोटरसाइकल ग्राहकले खरिद गर्न सक्नेछन् ।

यस अवधिमा मोटरसाइकल किन्ने ग्राहक मध्येबाट १ जना भाग्यसाली ग्राहकहरुले १५ लाखसम्मको नगद पुरस्कार जित्ने मौका प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स