हुन्डाई नेपालले ईभीका हाई भोल्टेज ब्याट्री चेकअप क्याम्प संचालन गर्ने

काठमाडौं । हुन्डाई नेपालले ईभीका हाई भोल्टेज ब्याट्री चेकअप क्याम्प संचालन गर्ने भएको छ ।

नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले मंसिर २६ देखि पुस १ गते सम्म आफ्ना विद्युतीय सवारीका ग्राहकहरूका लागि उक्त क्याम्प आयोजना गर्न लागेको हो ।

उक्त कार्यक्रम प्रशिक्षित प्राविधिकहरू र अत्याधुनिक उपकरणहरूको सहयोगले सवारीधनीलाई आफ्नो सवारीको प्राविधिक अवस्थाहरु र ब्याट्रीको अवस्थाबारे जान्न मद्दत गर्ने उद्धेश्यले आयोजना गरिएको हो । त्यस्तै कार्यक्रममा कम्पनीले ब्याट्रीको आयु बढाउन र सवारीको पर्वू जाँच गर्न ग्राहकहरुलाई विभिन्न सझुावहरू प्रदान पनि गर्नेछ। यी र यस्ता क्रियाकलापले हुन्डाईको विद्यतुीय सवारी प्रति को सफ्टवेयर, प्राविधिक र हार्डवेयरको पक्षबाट पनि प्रतिबद्ध रहेको देखाउँछ। यो कार्यक्रम थापाथली स्थित हुन्डाईको ईभी शोरुम अगाडि साताव्यापी रुपमा चल्नेछ ।

यो अभियानले कोना र आयोनिक लाइन अपका ३०० भन्दा बढी ग्राहकहरूलाई फाइदा पुग्ने कम्पनीले बताएको छ । त्यस्तै, क्याम्पमा कम्पनीले ब्याट्रीको आयु बढाउन र सवारीको पूर्व जाँच गर्न ग्राहकहरुलाई विभिन्न सुझावहरू प्रदान पनि गर्ने जनाएको छ ।

देशैभरी ४० भन्दा बढी चार्जिङ स्टेसनको स्थापना र १७ वटा शोरुम सहित हुन्डाईले विद्युतीय सवारी साधनमा पहुँच बढाउँदै प्रयास गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स