काठमाडौं । दशैं तथा तिहारको अवसरमा होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘होण्डाको साथ ७’ नामक स्किम ल्याएको छ ।
यस योजना अन्तर्गत हरेक प्रदेशबाट होण्डाको मोटरसाइकल तथा स्कुटर खरिद गर्ने १ जनालाई १ लाख रुपैयाँ प्रदान गरिनेछ । यो योजनाको समय अविधि भर होण्डाका ग्राहकहरुले स्क्रयच कुपन मार्फत हात खाली नजाने गरी १ लाख रुपैयाँसम्म नगद उपहार पाउने कम्पनीले जनाएको छ ।
यसका साथै यो योजना अन्तर्गत ग्राहकले, ७ वर्षको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी होण्डा बिग बाइकको खरिदमा ४० हजारसम्मको क्यास ब्याक पाउन सक्नेछन् । यति मात्र नभई यस योजनामा ग्राहकले मात्र १ रुपैयाँको डाउन पेमेन्ट, १ रुपैयाँको इएमआइ र १ प्रतिशत ब्याजदरमा समेत होण्डा खरिद गर्न सक्नेछन् ।
यसैगरि बम्परमा सहभागी हुने १ जना भाग्यशाली ग्राहकले १५ लाखसम्मको नगद पुरस्कार जित्ने मौका प्राप्त गर्नेछन् । यो योजना सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।