सरकारले मोटरसाइकल तथा स्कुटरको मूल्य बढायो, दशैंमा नयाँ मोटरसाइकल तथा स्कुटर किन्ने योजनामा रहेका मर्कामा

काठमाडौं । मोटरसाइकल र स्कुटरको मूल्य बढ्ने भएको छ । अर्थमन्त्री जर्नादन शर्माले ल्याएको प्रतिस्थापन विधेयकमार्फत मोटरसाइकल/स्कुटरको अन्तःशुल्क वृद्धि भएसँगै मूल्य बढ्ने भएको हो ।

१२५ सीसीदेखि १५५ सीसी सम्मका तयारी मोटरसाइकल आयात हुँदा मूल्य बढेर आउने छन् । १२५ सीसी भन्दा बढी र १५५ सीसी भन्दा कम इन्जिन क्षमताका मोटरसाइकल तथा स्कुटरको सडक सम्भार शुल्क पनि बढाइएको छ । यी इन्जिन क्षमताका मोटरसाइकलको सडक दस्तुर प्रतिगोटा ३ हजार रुपैयाँ बढाइएको छ ।

यो व्यवस्थाका कारण नेपालमा एसेम्बल हुने मोटरसाइकलको मूल्य पनि केही बढ्न सक्छन् । करको दर बढेसँगै मूल्य वृद्धिको प्रभाव यामाहा, सुजुकी लगायत कम्पनीमा उच्च रहन सक्छन् । बजाज र टीभीएस नेपालमै एसेम्बल हुने हुँदा अन्तशूल्कमा ५० प्रतिशत छुट व्यवस्था गरिएको छ ।

मूल्य बढ्ने मोटरसाइकल/स्कुटर

अप्रिलिया एसआर-१५४.८ सीसी

भेस्पा भीएक्सएल-१४९ सीसी

बेनेली जेन जेरो-१५० सीसी

सुजुकी जिक्सर एसएफ १५०-१५४.९ सीसी

जिक्सर १५०-१५४.९ सीसी

जिक्सर डीटीडीडी-१५४.९ सीसी

यामाहा एन म्याक्स-१५५ सीसी

यामाहा एसजेड-१५० सीसी

यामाहा एफजेड १६ एफआई-१५० सीसी

यामाहा एफजेड एफआई भीथ्री-१५० सीसी

यामाहा एफजेडएस एफआई डीडी-१५० सीसी

यामाहा एफजेडएस एफआई भीथ्री-१५० सीसी

यामाहा एमटी १५-१५५ सीसी

यामाहा आर१५-१५५ सीसी

हिरो हंक १५० आर-१५० सीसी

होन्डा सीबी युनिकर्न-१५० सीसी

नेपालमै एसेम्बल हुनेको थोरै बढ्ने

बजाज र टीभीएस मोटरसाइकल नेपालमा एसेम्बल हुने गरेको छ । तयारी मोटरसाइकल तथा स्कुटर आयात हुँदा मात्र अन्तशुल्क लगाइन्छ । तर, प्रतिस्थापन विधेयकमार्फत् सडक दस्तुर शुल्क ३ हजार रुपैयाँले बढाइएको छ । सडक दस्तुर शुल्क वृद्धि हुँदा नेपालमै एसेम्बल हुने बाइकको मूल्य पनि थोरैले बढ्न सक्ने छ ।
बजाज र टीभीएस नेपालमै एसेम्बल हुने भएकाले यीनीहरुले अन्तःशुल्कमा ५० प्रतिशत छुट पाउँदै आएका छन् । जसका कारण यी २ कम्पनीका मोटरसाइकलको मूल्यमा अन्तशुल्क वृद्धिले मूल्यमा ठूलो प्रभाव पार्दैन । तर, सडक दस्तुर बढ्दा मूल्य भने केही बढ्न सक्छ ।

अन्तःशुल्क १०० प्रतिशत पुर्याइयो

अर्थमन्त्री शर्माले तत्कालिन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटभन्दा फरक तरिकाले मोटरसाइकलको वर्गीकरण गरेका छन् ।
अध्यादेश बजेटमार्फत् १५५ सीसी ननाघेका र १५५ सीसीदेखि २५० सीसीसम्मका मोटरसाइलमा अन्तःशुल्कको दर ४० प्रतिशत मात्रै कायम गरेको थियो । तर, तर प्रतिस्थापन विधेयमार्फत १२५ सीसी ननाघेका मोटरलाइलमा ४० प्रतिशत, १२५ देखि २०० सीसी सम्मको इन्जिन क्षमता भएका मोटरसाइकलमा ५० प्रतिशत र २ सय सीसीदेखि २५० सीसीसम्मका मोटरसाइलकमा ६० प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था गरेको छ ।

५०० देखि ८०० सीसीसम्मका मोटरसाइकलमा ८० प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा बढाएर १०० प्रतिशत नै पुर्याइएको छ ।

निर्माण दस्तुरसमेत बढ्यो

सरकारले ल्याएको प्रतिस्थापन विधेयकबाट सडक निर्माण दस्तुर समेत बढाएको छ ।

यसअघि १ सय ५५ सीसीसम्मका मोटरसाइकमा १५ हजार रुपैयाँ, १५५-२५० सीसीसम्मका मोटरसाइकलमा १८ हजार रुपैयाँ, २५०-४०० सीसीससम्मका मोटरसाइकलमा ५० हजार रुपैयाँ र ४ सय सीसीभन्दा माथिका मोटरसाइकलमा १ लाख रुपैयाँ सडक निर्माण दस्तुर लाग्थ्यो ।

तर प्रतिस्थापन विधेयकमा वर्गीकरण थप गरि सडक निर्माण दस्तुर बढाइएको छ । नयाँ व्यवस्था अनुसार १२५ सीसीसम्मका मोटरसाइकल तथा स्कुटरमा १५ हजार रुपैयाँ, १२५-२५० सीसीसम्मका मोटरसाइकलमा १८ हजार रुपैयाँ, २५०-४०० सीसीसम्मका मोटरसाइकलमा ५० हजार रुपैयाँ र ४०० सीसीमाथिका मोटरसाइकलमा १ लाख रुपैयाँ सडक निर्माण दस्तुर लाग्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स