हुण्डाईद्वारा विश्वकप २०२२ लक्षित ‘टेष्ट ड्राइभ क्याम्पेनको बिजेता घोषणा’

काठमाडौं । हुण्डाई गाडीहरुको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले विश्व कप २०२२ लक्षित ‘गोल अफ द सेन्चुरी’ अभियान अन्तर्गतको टेष्ट ड्राइभ क्याम्पेन ‘हुण्डाई टेष्ट ड्राइभ वाच लाइभ फिफा वल्र्डकप २०२२’ को बिजेता घोषणा गरेको छ । यस क्याम्पेनका बिजेताले फिफा विश्वकप २०२२ को प्रत्यक्ष खेल कतार गएर हेर्न पाउनेछन् ।

११ अक्टोबर २०२२ मा गरिएको लक्की ड्र मार्फत २ जना बिजेताहरुको छनौट गरियो र ती भाग्यशाली बिजेताहरु हुन :
१) शेर बहादुर जि.सी.
२) हस्त माया गुरुङ

दुई बिजेताहरुले आफ्नो रोजाइको एक–एक व्यक्ति साथमा लिई कतारमा प्रत्यक्ष विश्वकप २०२२ हेर्न जान पाउनेछन्, जसको सम्पूर्ण खर्चहरु हुण्डाई नेपालले व्यहोर्ने छ ।

यस योजनामा सहभागी जनाउन १९ जुलाई देखी ३० सेप्टेम्बर सम्म नेपालभरी रहेका हुण्डाईको १७ वटा सोरुमहरुबाट कुनै पनि हुण्डाई गाडीको टेष्ट ड्राइभ गरि आफुलाई रजिष्टर गर्नुपर्ने थियो । यस क्याम्पेनले पर्यावरण दिगोपनका लागी हुण्डाईको प्रयासप्रति सबैको ध्यानाकर्षण गरेको थियो र क्याम्पेनले नेपाली अटोमोबाइल बजारमा अत्याधिक चर्चा बटुल्न पनि सफल रह्यो । आफ्ना ग्राहकहरुलाई सदैव आकर्षक योजना तथा उत्कृष्ट उत्पादनको माध्यमबाट हुण्डाई सबैको रोजाईको ब्राण्ड बन्न सफल भएको छ ।

फुटबलको विश्वव्यापी आकर्षणका कारण फुटबल मार्फत पर्यावरणमैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गरी खेलका पारखीहरुलाई जोड्ने लक्ष्य सहितको यस क्याम्पेन आफ्नो लक्ष्यमा सफल भएको कम्पनीले जनाएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले आफ्नो नेपालभरी रहेका १७ डिलर तथा १९ सर्भिस सेन्टरहरुद्वारा आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स