टिभिएसको नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी अब पोखराको बतास ब्रदर्समा उपलब्ध

पोखरा । १२५ सिसि सेगमेन्टकै सबैभन्दा शक्तिशाली स्कुटर टिभिएस एनटर्क १२५ रेस एक्सपी अब पोखरामा पनि उपलब्ध हुने भएको छ । यो सँगै अब सर्वसाधारणले पोखरा स्थित बतास ब्रदर्स प्रालिबाट यो स्कुटर खरिद गर्न सक्नेछन् ।

नयाँ मोडलमा टिभिएस स्मार्टकनेक्ट कनेक्टिभिटि प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हुनुको साथै हलुका वजन रहेको कम्पनीले जानकारी दिएको छ ।

यो भन्दा अगाडि नै कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टिभिएसले स्कुटर उध्योगमै सबैभन्दा पहिला नयाँ भोइस–असिस्ट फिचर युक्त स्मार्टकनेक्ट कनेक्टिभिटी प्ल्याट्फर्म सहितको लन्चसँगै स्कुटर उध्योगमा आफ्नो छुट्टै उदाहरण प्रस्तुत गर्न सफल भएको छ ।

यसमा मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डिएनडि लगायत अन्य थुप्रै कनेक्टिभिटि फसनहरु समावेश गरिएको छ । कम्पनीको अनुसार १२५ सिसि सेग्मेन्टमा १० एकभन्दा धेरै पावर हुने यो नेपालकै एक मात्र स्कुटर हो ।

पहिलाको भन्दा सुधारिएको ग्यास फ्लो डाइनामिक्स र कम्बुस्चन ले यसको पावर डेलिभरी अझै राम्रो बनाएको छ । कम्पनीको अनुसार यसमा प्रयोग भएको एड्भान्स्ड इन्जिनियरिङ पोलिमर र सर्वाधिक बलियो एलोए स्टिलले यसलाई अझ हलुका बनाउँछ जसको कारण स्कुटर चलाउन पनि सजिलो हुन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स