नक्सालमा खुल्यो यामाहा नेपालको सर्वाधिक ठूलो शोरुम

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाईकल तथा स्कुटरको आधिकारीक विक्रेता ‘एमएडबलु इन्टरप्राइजेज प्रा.लि.’ले नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ । असोज १३ गते प्रमुख अतिथि यामाहा मोटर इण्डियाग्रुपका चेयरमेन इशिन चिहाना , यामाहा मोटर इण्डिया सेल्स् प्रालिका डाइरेक्टर हिडेफुमी कवाइ र एमएडब्लू इन्टरप्राइजेजका म्यानेजिङ डाइरेक्टर विष्णु कुमार अगरवालका हातबाट संयुक्त उद्घाटन गरिएको नक्सालमा अवस्थित उक्त शोरुम टु हुइलर इन्डष्ट्री कै सबैभन्दा ठूलो र अत्याधुनिक शोरुम मानिएको छ ।

यामाहाको विश्व व्यापी नयाँ अवधारणा ‘बिल्यू स्क्वायर’ लाई अबलम्बन गरी नक्सालमा उक्त शोरुम सञ्चालनमा ल्याइएको हो । यामाहाको ‘ग्लोबल मोटर स्पोर्टस् लेगेशी’ लाई आत्मसाथ गर्दै सम्पूर्ण राईडर्सले आफ्नो राइडिङ प्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा ‘बिल्यू स्क्वायर’ शोरुमलाई लिइएको छ । बिल्यू स्क्वायर शोरुममा प्रयोग गरिएको ‘बिल्यू’ कलरले यामाहा ब्राण्डको ‘रेसिङ डीएनए’ लाई

झल्काउने र ‘स्क्वायर’ ले ‘one stop buying lunction’ जसमा ग्राहकले मोटरसाईकल , स्कुटर , Accesories र Apparel एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहनेछ । यस शोरुममा ‘better customer experience’ अनुभव गर्नुको साथै छिटो र ‘Personalised one to one service’ प्रदान गरिने जानकारी गराईएको छ । यामाहाको ग्राहकले अझ नजिकबाट यामाहा ब्राण्ड र उपलब्धतालाई महसुस गर्न पाउनुको साथै’Digital technology’ मार्फत ‘QR code’ स्क्यान गरेर Brochure हरु प्राप्त गर्न सक्नेछन् ।

स्थापनाकाल देखिनै ग्राहकहरुको सुविधालाई उच्च प्राथमिकतामा राख्दै आएकोमा ‘Blue square’ को उत्कृष्ट प्रविधि र पूर्वाधारहरुले यामाहा ब्राण्ड प्रतिको ग्राहको भरोसा बढ्ने र ग्राहकको सन्तुष्टिमा वृद्धि गर्ने कम्पनिको ठहर छ ।

नेपालीहरुको महान चाड वडा दशैंको अवसरमा नेपालकै सर्वाधिक ठूलो र सुविधा सम्पन्न यामाहा शोरुम खोल्न पाउँदा हामी धेरै हर्षित छौं । यस शोरुमले वाईक प्रेमीहरुलाई यामाहाको उत्कृष्ट प्रविधि पुक्त विभिन्न मोटरसाईकल स्कुटर Accesories र Apparel गराउने कुरामा हामी विश्वस्त छौं । यामाहा नेपालका लागी CEO राजु छेत्रीले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स