आजबाट ईभी टेक्नोलोजी एन्ड इकोसिस्टमको बारेमा ‘नाडा ईभी चौतारी’ संचालन हुने

काठमाडौं । नेपाली अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा नेपालमै पहिलोपटक इलेक्ट्रिक गाडी तथा टु-ह्विलर ‘नाडा ईभी एक्सपो’ काठमाडौंको भृकुटीमण्डमा बिहीबारदेखि सुरु भएको छ। एक्सपो असोज ९ गतेसम्म सञ्चालन हुनेछ।

नाडा ईभी एक्सपो चलिरहेकै समयमा आज असोज ७ गतेदेखि असोज ९ गतेसम्म प्रत्येक दिन दिउँसो २ बजेदेखि अपराह्न ४ बजेसम्म यूएसएडको सहकार्यमा नाडा चौतारी सेमिनार पनि सञ्चालन हुने भएको छ। तीन दिनसम्म चल्ने सेमिनारमा विभिन्न क्षेत्रका इलेक्ट्रिक भेइकलसम्बन्धी चासो राख्ने विज्ञहरुको सहभागिता रहनेछ।

ईभी चौतारीको पहिलो दिन असोज ७ गते ईभी टेक्नोलोजी एन्ड इकोसिस्टमका बारेमा छलफल हुनेछ भने दोस्रो दिन असोज ८ गते फाइनान्सियल एसेप्ट्स अफ ईभीका बारेमा विभिन्न विज्ञहरुले आ–आफ्नो धारणा राख्नेछन्। अन्तिम दिन असोज ९ गते ‘पोलिसिज फर प्रमोटिङ ईभिज’ भन्ने विषयमा छलफल हुनेछ।

यो कार्यक्रमले नेपालमा इलेक्ट्रिक गाडीहरुको पोलिसी तहमा कार्य गर्ने नीतिनियमदेखि लिएर यसका प्रयोगकर्ता, वातावरणविद तथा इलेक्ट्रिक टेक्नोलोजी र नेपालमा यसको उपयोग सम्बन्धमा चासो राख्ने सबैलाई एक स्थानमा जम्मा गरी ज्ञान बाँड्ने चौतारी हुनेछ। कार्यक्रममा उपस्थितिका लागि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सबैलाई सहभागिताका लागि अनुरोध गरेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स