नाडा ईभी एक्स्पोमा हिरो इलेक्ट्रिक स्कुटर खरिदमा २५ हजारसम्म नगद छुट

काठमाडौं । भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी ई. मोविलिटी प्रा.लि. (लक्ष्मी गु्रपको भागिनी संस्था) ले नेपालमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्री वितरण प्रारम्भ गरिसकेको छ ।

लक्ष्मी ई.मोविलिटीले नाडा ईभी एक्स्पोमा बुकिङ गरि स्कुटर खरिद गर्न चाहने ग्राहकको लागि नगदसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्ने भएको छ । २५ हजारसम्मको नगद पुरस्कार र लक्की ड्र मार्फत एक जनालाई जर्मन ब्राण्ड बोस वासिंग मेसिन रहेका छन् ।

हाल नेपाली बजारमा सो ब्राण्डको एनवाईएक्स, फोटोन र सिंगल तथा डब्बल ब्याट्री सहितको अप्टीमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइएको छ । एक पटक फूल चार्ज गरी ८२ किलोमिटर देखि १६५ किलोमिटरसम्मको रेन्ज दिने यी स्कुटरहरूले नेपालमा पनि राम्रो बजार लिएको छ । भारतीय बजारमा हिरो इलेक्ट्रिकका १२ मोडल उपलब्ध छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स