आजबाट भृकुटीमण्डपमा ‘नाडा ईभी एक्सपो’ सुरु, कुल राजस्वमा २५ प्रतिशत योगदान अटोमोबाइल्सको

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले आयोजना गरेको ‘नाडा ईभी एक्सपो’ आजबाट सुरु भएको छ। नेपालमै पहिलोपटक आयोजना गरेको ‘नाडा ईभी एक्सपो’ आजबाट काठमाण्डौको भृकुटीमण्डपमा सुरु भएको हो।

उक्त एक्सपो असोज ६ गतदेखि ९ गतेसम्म सञ्चालन हुनेछ। एक्सपोको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै नाडा अटोबाइल्स एसोशिएसनका अध्यक्ष धु्रबकुमार थापाले अटोमोबाइल क्षेत्र राज्यलाई सबैभन्दा धेरै राजस्व बुझाउने क्षेत्र भएपनि सरकारले कडाइ गरेको गुनासो गरे ।

थापाले राज्यको कुल राजस्वमा २५ प्रतिशत योगदान अटोमोबाइल्स क्षेत्रको रहेको दाबी गरे। ‘प्रत्यक्ष रोजगारीमा १ लाख र अप्रत्यक्ष रोजगारीमा १० लाख रोजगारी उपलब्ध गराएको छ’, उनले भने।

अटो व्यवसायीहरुले गत आवमा मात्रै नेपालमा ९९ अर्ब बराबरको सवारी साधन आयात गरेको र त्यसबाट राज्यलाई ९० अर्ब राजस्व प्राप्त भएको उनले बताए ।

अध्यक्ष थापाले विद्युतीय सवारीसाधनको माग दिनप्रतिदिन बढ्दै गएको र यी सवारीसाधनको प्रयोगले प्रदूष नियन्त्रण गर्नुका साथै आफ्नै देशमा उत्पादित जलविद्युत खपत बढाउने र देशलाई आत्मनिर्भर बनाउने बताए।

वर्तमान समयमा विद्युतीय सवारी साधनहरुको महत्व दिन प्रतिदिन बढ्दै गएको र यस्ता सवारी साधनहरुको बढदो प्रयोगले आफनै मुलुकमा उत्पादित जल विद्युतको उपभोग बढ्न गई देशलाई आत्मनिर्भर बनाउन समेत सहयोग पुग्ने विश्वास आयोजकको रहेको छ ।

वातावरण मैत्री विद्युतिय सवारी साधनको अपरिहार्यतालाई मनन् गर्दे आयोजना गर्न लागिएको उक्त एक्स्पोमा ठूला तथा साना गरि ५१ वटा स्टल र ब्लकहरु रहने छन् । एक्सोमा ७ वटा ब्राण्डका चार पांग्रे , एउटा तीन पांग्रे , १६ वटा ब्राण्डका दुई पांग्रे , ३ वटा बाण्डका टायर , २ वटा बाण्डका ब्याटरी , ९ वटा पार्टर पुर्जा , ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तिय संस्थाहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स