नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले ‘नाडा इभि चौतारी’को आयोजना गर्ने

काठमाडौं । नेपालमै पहिलोपटक असोज ६ गतेदेखि ९ गतेसम्म भृकुटी मण्डपमा हुन गइरहेको ‘नाडा इभि एक्स्पो’ मा नाडा इभी चौतारी सेमिनार पनि संचालन हुने भएको छ ।

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा नेपालमै पहिलो पटक इलेक्ट्रिक गाडी तथा टु –ह्विलर एक्स्पो चलिरहेको समयमा नै असोज ७ गते देखि ९ गतेसम्म प्रत्येक दिन दिउँसो २ बजे देखि ४ बजेसम्म युएसऐडको सहकार्यमा नाडा चौतारी सेमिनार पनि संचालन हुने भएको हो ।

तीन दिनसम्म चल्ने सेमिनारमा विभिन्न क्षेत्रका विद्युतिय गाडीको सम्बन्धी चासो राख्ने विज्ञहरुको सहभागिता रहने बताइएको छ ।

इभि चौतारीको पहिलो दिन इभीको टेक्नोलोजी र इकोसिस्टमको बारेमा छलफल हुनेछ भने दोस्रो दिन विद्युतिय गाडीको वित्तिय पक्षको बारेमा विभिन्न विज्ञहरु ले आ–आफ्नो धारणा राख्नेछन् र अन्तिम दिन विद्युतिय गाडीको प्रबन्ध गर्न चाहिने नीतिको विषयमा छलफल हुने बताइएको छ ।

यस कार्यक्रमले नेपालमा इलेक्ट्रिक गाडीहरुको पोलिसी तहमा कार्य गर्ने नीति नियमहरु देखी लिएर यसका प्रयोगकर्ताहरु, वातावरणविदहरु तथा इलेक्ट्रिक टेक्नोलोजी र नेपालमा यसको उपयोग सम्बन्धमा चासो राख्ने सबैलाई एक स्थानमा जम्मा गरि ज्ञान बाड्ने चौतारी हुने नाडाले बताएको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स