चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा अनिवार्य प्यान नम्बर चाहिने

काठमाडौं । चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा अनिवार्य रुपमा स्थायी लेखा नम्बर पेश गर्नुपर्ने भएको छ । बिहीबार आन्तरिक राजस्व विभागले एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो ।

चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा अनिवार्य रूपमा स्थायी लेखा नम्बर पेश गर्नुपर्ने र बिक्रेताले उक्त स्थायी लेखा नम्बर बिक्री बीजकमा उल्लेख गर्नुपर्ने छ। विभागका अनुसार यो व्यवस्था निकाय तथा व्यक्ति दुवैको हकमा लागु हुने छ।

विभागले पेशा व्यवसायमा संलग्न व्यक्तिको पेशागत प्रमाणपत्र नवीकरण गर्दा स्थायी लेखा नम्बर र कर चुक्ता प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने जनाएको छ। विभागले आर्थिक वर्ष २०७९र८० को बजेट बक्तव्यको बुँदा नम्बर ३९१ ले गरेकोले उक्त व्यवस्था अनिवार्य रूपमा लागू गराउन लागेको हो।

चालु आवको बजेटको ३९१ नम्बर बुँदाले यस्तो प्रावधान गरेको छ । पेशागत प्रमाणपत्र नवीकरण गर्दा स्थायी लेखा नम्बर र कर चुक्ता प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने भएको छ । यो प्रावधान कार्यान्वयन गर्ने निकायहरुलाई विभागले सूचित गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स