काठमाडौं । कोभिडका कारणले सुस्ताएको अटो मोबाइल क्षेत्र अझ राष्ट्र बैंकले एलसी खोल्न प्रतिबन्ध लगाएपछि थला परेको छ । सरकारले एलसी खोल्ला र गाडि आयात गरौला भनेर भदौ १४ कुरेका अटो मोबाइल्स व्यापारीहरूले एलसी खोलेर नयाँ गाडि ल्यषउन नपाए पनि आफूुसँग स्टकमा भएका सवारी साधन बिक्री गर्ने दशैं सुनौलो अवसर भएको ठान्दै दशैं–तिहार लक्षित विशेष स्कीमहरू ल्याएका छन् ।
अटो मोबाइल्स व्यापारीले ७ लाख रुपैयाँसम्म नगद छुटको योजनासहित १ वर्षसम्म सडक कर छुट तथा निःशुल्क पेट्रोल, इति फाइनान्सिङको व्यवस्था समेत ल्याएका छन् ।
रेनोको ‘रेनो उत्सव’
रेनो गाडीको नेपालको लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले “चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ” नारा सहित चाडपर्व लक्षित ‘रेनो उत्सव’ योजना सार्वजनिक गरेको छ ।
यो योजना अनुसार रेनोको कुनै पनि मोडेलको नयाँँ गाडीको खरिदमा उपभोक्ताहरुले एक वर्षको लागि निःशुल्क पेट्रोल र सडक कर, २ वर्षको लागी निःशुल्क सर्भिसिंगको साथै एक्स्चेन्ज बोनस, लोयल्टी बोनस लगायत अन्य आकर्षक अफरहरु प्राप्त गर्न सक्नेछन् । यसको साथै रेनो उत्सव अन्तर्गत उपभोक्ताहरुले स्योर शट इजि फाइनान्स तथा स्पट भ्यालुएसन र एक्स्चेन्जको पनि लाभ उठाउन सक्नेछन् ।
नेपालीहरुको महान चाड विजयादशमी, दिपावली तथा छठलाई लक्षित गरेर आफ्नो उपभोक्ताहरुको चाडपर्व अझै हर्षोल्लासमय बनाउने उद्धेश्यको साथ यी अफरहरु ल्याइएको कम्पनीले जनाएको छ । यो अफरसँगै नेपाली उपभोक्ताहरुले गाडी खरिद गर्ने आफ्नो सपना सहजताका साथ साकार गर्न सक्ने कम्पनीले विश्वास लिएको छ ।
नेपाली ग्राहकहरुको सर्वप्रिय रोजाइ रेनोको काइगर, ट्राइबर, क्विड लगायत अन्य भेरियन्ट्का गाडीहरु नेपाली बजारमा उपलब्ध छन् । यस योजनामा कम्पनीको नियम तथा शर्तहरु लागु हुनेछन् ।
होण्डाको दशैंको शुभ लाभ
होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले “होण्डाको दशैंको शुभ लाभ” नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । यस योजना अन्तर्गत ग्राहकहरूले पाउन सक्नु हुनेछ, स्क्र्याच कुपन मार्फत ७ लाख रुपैयाँसम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरु, साथै, ७ प्रदेशबाट एक एक जना गरी ७ जनाले पाउन सक्नुहुनेछ, ७ लाख रुपैयाँ, बम्परमा लक्की ड्र मार्फत जित्न सक्नु हुनेछ १५ लाख रुपैयाँ नगद उपहार र साथ साथै इजी
फाइन्यान्सको पनि सुविधा रहेको छ । यो योजना २०७९ भाद्र २० गते देखि सुरु भई सीमित अवधि सम्म मात्रै लागू हुनेछ । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।
बजाज थ्री ह्वीलस ‘यस पालीको चाड, उपहारसंगै स्वरोजगार’
बजाज थ्री ह्वीलर्स, बजाज आरई बीएस ६ र बजाज म्याकसीमा सी को एकमात्र वितरक, हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लिमिटेडले दशैं, तिहार र छट अभियान सुरु गरेको छ । यस अभियानको नाम ‘यस पालीको चाड, उपहारसंगै स्वरोजगार’ राखिएको छ ।
बजाज इन्ट्रासिटीले स्वरोजगार बन्न प्रोत्साहित गर्नका लागि सुरु गरिएको यो अभियानमा बजाज म्याकसीमा सी वा बजाज आरई बीएस६ को खरिदमा ३२ इन्चको हिमस्टार एलईडी स्मार्ट टिभी वा सामसुङ याफ२२ स्मार्ट फोन पाउनु अफर ल्याएको छ ।
हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा। लिमिटेडका निर्देशक, अभिमन्यु गोल्छाले भने, ‘चाडपर्वको अवसरमा हाम्रा ग्राहकहरू माझ यो अभियान प्रस्तुत गर्न पाउँदा हामीलाई निकै गर्व लागेको छ । उत्कृष्ट उत्पादनहरूका साथै चाडवाडको रमाइलो अवसरमा रमाइला अफरहरू हाम्रा ग्राहकहरूलाई प्रदान गर्ने हाम्रो लक्ष्य हो।
यो अफरले मानिसहरूलाई आफ्नै देशमा बजाज आरई बीएस६ वा बजाज म्याकसीमा सी खरिद गरि स्वरोजगार भई आत्मनिर्भर हुन प्रोत्साहन गर्नेछ ।’ यो ‘यसपालीको चाड, उपहार संगै स्वरोजगार’ अफर सिमित अवधिको लागि मात्र मान्य हुनेछ ।
ग्रेट वाल मोटर ‘ग्रेट डिल्स, ग्रेट च्वाइसेस’
ग्रेट वाल मोटर गाडीकोे नेपालका लागि आधिकारीक विक्रेता भि.जी.ईम्पेक्स प्रा.लि ले दशैं, तिहार र छठको अवसर पारी जि.डब्लु एमका गाडीको खरीदमा आकर्षक छुटका साथ विभिन्न योजनाहरू उपलब्ध गराउने भएको छ ।
यो योजना ग्रेट वाल मोटरका सबै प्रकारका गाडी ( हाभल एच् सिक्स, हाभल जोलायन, पावर र विङ्गल ५ मा उपलब्ध छ । कम्पनीको यो अभियान ‘ग्रेट डिल्स, ग्रेट च्वाइसेस’ ग्राहकहरुप्रति प्रतिवद्वताको निरन्तरताका साथ चाडपर्वलाई अझ हर्षोल्लास बनाउने विश्वास लिइएको छ ।
जि.डब्लु.एमका कुनै पनि गाडी किन्दा तुरुन्तै आकर्षक नगद छुट पाउन सकिन्छ । यस योजना अन्तर्गत एक वर्षको कम्प्रिहेन्सिभ बीमाका साथमा एक वर्ष सम्म फ्री मेन्टिनेन्स प्याकेजमा एक वर्षको नियमित मर्मतसम्भार खर्च र उपभोग्य वस्तुहरु समावेश छन् ।
साथै, लोएल्टी बोनसको रुपमा ग्राहक स्वयंम वा आफ्नो पविारसँग कसैको पहिले नै जि।डब्लु।एमका कुनै पनि गाडी भएमा अतिरिक्त छुट पाउनेछन् । ग्राहकहरुले निशुल्क एक्सेसोरिज सहित ५ वर्षको वारेन्टी सुविधा पाउनुका साथै स्पट भ्यालुएसन तथा एक्सचेन्जको अवसर पाउनेछन् भने प्याकेजमा ३ वर्षको निःशुल्क सर्भिस उपलब्ध हुनेछ ।
यदि तपाई चाडपर्वको अवसरमा सवारी साधन खरीद गर्न चाहनु हुन्छ भने जी.डब्ल.ुएम्का उत्पादन तपाईको छनौटमा पर्न सक्नेछन् ।
अग्नि मोटोइन्कले दसैंतिहार अफर
अग्नि मोटोइन्कले दसैंतिहारका लागि जावा बाइक किन्दा आकर्षक अफर ल्याएको छ । कम्पनीले इजी एक्सचेन्जसहित ९ प्रतिशत ब्याजदरमा वाइक किन्न दिने योजना ल्याएको छ ।
अग्नि हायर पर्चेजले विना झन्झट फाइनान्सिङ गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीले प्रोफेसनल राइडिङ ज्याकेट र हेल्मेट निःशुल्क दिने जनाएको छ ।
यो ज्याकेट जुनसुकै मौसममा उपयुक्त हुने र सुपर भेन्टिलेटेड आउटर सेल तथा हेमी ड्युटी कपडाको प्रयोग गरी तयार पारिएको कम्पनीले जनाएको छ । यो सोल्डर र एल्बोमा प्रयोग भएको आर्मर सिईद्वारा प्रमाणीकरण गरिएको कम्पनीले जनाएको छ ।