चाडपर्वलाई लक्षित गर्दै हुन्डाईले ‘हुन्डाई फेस्टीभ डिलाइट ’ मार्फत ग्राहकमाझ ल्यायो यस्तो अफर

काठमाडौं । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले भदौ २४ गते बिहिबारबाट आउँदै गरेको चाडपर्वलाई लक्षित गर्दै ‘हुन्डाई फेस्टीभ डिलाइट २०७८’ ग्राहकमाझ ल्याएको छ ।

यस योजनामा ग्राहकले गाडी किन्दा आकर्षक नगद छुट, स्क्र्याच कुपनबाट नगद जित्ने मौका जस्ता धेरै किसिमका छुट पाउन सक्नेछन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालका विभिन्न सहरमा १३ वटा शोरुम र १७ वटा सर्भिस सेन्टर मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । विश्वकै पाँचौ ठूलो कार निर्माता हुन्डाई ग्राहकलाई उत्कृष्ट सेवा दिन सधैँ तत्पर रहेको छ ।

विश्वभर करोडौं सन्तुष्ट ग्राहक, न्यून मर्मत सम्भार खर्च र उत्कृष्ट डिजाइनका कारले ग्राहकलाई आफुसँग जोड्न सफल हुँदै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स