नाडा इभि एक्सपो २०२२ का लागि लक्की ड्र कार्यक्रम सम्पन्न

काठमाडौं । नेपालमा पहिलो पटक नाडाले आयोजना गर्न लागेको नाडा इभि एक्सपो २०२२ को तयारी तिब्रगतिमा अगाडी बढी रहेको छ । चार पांग्रे, तिन पांग्रे दुई पांग्रे विद्युतीय सवारी साधनहरुको उल्लेख्य सहभागिता रहने भएको छ ।

यसैगरी सो प्रदर्शनीमा अटोकम्पोनेण्ट, टायर, व्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ स्टेशन, लगायत बैंक तथा इन्स्योरेन्स कम्पनीहरु समेतगरी कूल ४५ भन्दा बढी कम्पनीहरुको सहभागिता हुने भएको छ ।

काठमाण्डौको भृकुटी मण्डपमा असोज ६ गते देखि ९ गतेसम्म आयोजना हुने नाडा इभि एक्सपो २०२२ मा सहभागी हुने कम्पनीहरुको लागि लक्की ड्र कार्यक्रम आज टेकु स्थित आफनै सचिवालयमा सम्पन्न गरेको नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिएका छन् ।

उक्त लक्की ड्र कार्यक्रममा नाडाका अध्यक्ष धु्रव थापा, कोषाध्यक्ष मिलनबाबु मल्ल, तथा केन्द्रीय कार्य समिति सदस्य प्रदिपमान प्रधान समेतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

हेडलाइन्स