काठमाडौं । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति दमकमा २ एस सर्भिस सेन्टर संचालनमा ल्याएको छ । दमकमा हाल संचालनमा रहेको महिन्द्रा ट्रयाक्टरको ३ एस शोरुममा अब महिन्द्रा गाडीको लागि २ एस सर्भिस सेन्टर पनि थपिएको हो ।
यस २ एस सर्भिस सेन्टरको उद्घाटन यही भाद्र १६, २०७९ का दिन दमक नगरपालिकाका मेयर – राम थापा , दमक नगरपालिकाका उप–मेयर – रेगिना भट्टराईु, दमक उद्योग वाणिज्य संघका अध्यक्ष – गोकुल श्रेष्ठ, अग्नी ग्रुपका प्रबन्ध निर्देशक – क्याबिनेट श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक – अर्जुन प्रसाद शर्माद्वारा अग्नी ग्रुपका प्रतिनिधिहरुका साथसाथै अन्य माननीय अतिथिहरुको उपस्थितिमा सामूहिक रुपमा गरिएको थियो ।
अग्नी ग्रुपले हाल नेपाल अधिराज्यभरि रहेका आफ्ना नेटवर्कहरुबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा दिईरहेको छ । उत्कृष्ट तथा सहज सेवाको पहुँच बढाउने उद्देश्यका साथ अग्नी ग्रुपले आफ्ना सेवाहरु यसरी नै नेपाल अधिराज्यभरि विस्तार गर्ने लक्ष्य पनि लिएको छ ।