हुन्डाई मोटर्सको ‘अल न्यू हुन्डाई टुसान’सार्वजनिक, मूल्य करिब ९० लाख

काठमाडौं । हुन्डाई मोटर्स कम्पनीले आफ्नो आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अल न्यू टुसान’ सार्वजनिक गरेको छ । टुसानले अहिले विश्व बजारमा निकै चर्चा बटुलन सफल मोडल बनेको छ । यसलाई कम्पनीले फ्यूचरस्टीक डिजाइनमा तयार पारेको नयाँ जेनेरेशन मोडल हो ।

नयाँ जेनेरेशन टुसानलाई विश्वभर ‘ डिजाइन रिभोलुसन’को नाम दिइएको छ । यसमा प्रयोग गरिएको प्यारामेट्रीक हिडन लाइट, लामो ह्वीलवेस, उत्कृष्ट इन्टेरियर, १८ इन्चको ठूलो अलोय ह्वील, टु ह्वील र फोर ह्वील ड्राइभिङ सिस्टमले नयाँ टुसानलाई अलग पहिचान दिएको छ ।

नेपाली बजारमा नयाँ जेनेरेशन टुसानको विभिन्न ४ भेरियन्ट उपलब्ध हुनेछ । जसमा जिएलएस टु ह्वील ड्राइभ म्यानुअल (पेट्रोल), जिएलएस टु ह्वील ड्राइभ अटोमेटीक (पेट्रोल), जिएलएक्स टु ह्वील ड्राइभ अटोमेटीक (पेट्रोल) र जिएलएक्स फोर ह्वील ड्राइभ अटोमेटीक (डिजेल) भेरियन्टमा उपलब्ध रहने छ । यसको सुरुवाती भेरियन्ट जिएलएस टु ह्वील ड्राइभ म्यानुअल (पेट्रोल)को मूल्य ८९ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

अमेजन ग्रे, ह्वाइट क्रिम, क्रिमशन रेड, सिम्रिङ सिल्भर, डिप सि र टाइटन ग्रे कलरमा उपलब्ध रहेको नयाँ जेनेरेशन टुसानमा भ्यान्टीलेटेड सिट, हाइट एड्जस्ट, अटोमेटीक पावर टेलगेट, मल्टी एयर मोड सिस्टम, एम्बीयन्ट मुड लाइट जस्ता फिचरले चालक र यात्रुलाई आरमदायी यात्रा गराउने कम्पनीको दाबी छ ।

बोल्ड डिजाइन र प्रविधिको भरपुर प्रयोग गरिएको इन्टेरियर, २.० लिटर टर्बो पेट्रोल र डिजेल इन्जिन यस गाडीको सबल पक्ष हो ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर रहेका आफ्ना १३ शोरुम, १७ सर्भिस नेटवर्कबाट गाडी विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्दै आएको छ । हुन्डाई मोटर्स विश्वकै ५ औं ठूलो कार उत्पादक कम्पनी हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स