टीभीएसको ‘६ प्राइजको सरप्राइज’ योजना, बम्पर प्राइज प्रोटोन साँगा

काठमाडौं । चाडपर्व दशैं, तिहार र छठलाई लक्षित गर्दै टीभीएसले ‘६ प्राइजको सरप्राइज’ योजना ल्याएको छ। ६ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजना अन्तर्गत ग्राहकहरूले विभिन्न टीभीएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुन्जेल विभिन्न आकर्षक तथा भव्य उपहारहरु प्राप्त गर्नेछन् । यस योजना, भदौ १६ बुधबारबाट प्रारम्भ भइ सम्पूर्ण चाडपर्वहरुको समापन पछि समाप्त हुनेछ । यस योजना मुलुकभरिका सम्पूर्ण टीभीएस शोरुमहरुमा उपलब्ध हुनेछ।

चाडपर्वको हर्षको समयमा ग्राहकको जीवनमा थप उत्साह भर्न यस योजनाले एक पटक, दुइ पटक मात्र नभएर पुरै ६ पटकसम्म प्राइजको सरप्राइज प्रदान गर्नेछ । यस योजना अन्तर्गत ग्राहकले किन्दै नकिनी टीभीएसको वेबसाइटमा गएर १ लाख रुपैयाँसम्म जित्न सक्नेछन् र सवारी खरिद गर्दा १० लाखसम्मको भारी नगद हात पार्न सक्नेछन् । यति मात्र नभएर दैनिक रियलमी सी२० स्मार्टफोन पनि ग्राहकको लागि उपहार स्वरुप, यस योजना अन्तर्गत राखिएको छ ।

यसैगरि यस योजनाले ग्राहकलाई हरेक हप्ता शतप्रतिशत क्यास ब्याकको अफर समेत राखेको छ । जसमा ग्राहकले सवारी खरिद गर्दा बुझाएको सम्पूर्ण रकम फिर्ता पाउनेछन् भने हरेक महिना टीभीएस अपाचे आरआर३१० पाउने सुवर्ण अवसर समेत रहेको छ। यस योजनाको मुख्य प्राइजका चाहिँ यसको बम्पर प्राइज नै रहेको छ । जहाँ ग्राहकले योजनाको अन्त्यमा टीभीएसको सवारीसँगै पोटोन साँगा कार घर लैजाने छन् । यति मात्र नभई इन्क्वाइरी मार्फत रियलमी स्मार्ट फोन र अपाचे आरआर३१० जित्ने मौका पनि पाउनेछन् ।

योजना अवधी भरि १० लाखसम्मको नगद, शतप्रतिशत क्यास ब्याक, टीभीएस अपाचे आरआर३१० र प्रोटोन साँगा कारका बिजेताको छनौट प्रत्यक्ष गोलाप्रथामार्फत हरेक शुक्रवार साँझ ६स्४५ बजे हिमालयन टिभीबाट प्रशारण गरिनेछ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएस टू-ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण टीभीएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू-ह्वीलर ब्राण्ड बनेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स