नाडा अटो एक्सपो २०२२ स्थगित

काठमाडौं । काठमाण्डौको भृकुटी मण्डपमा भाद्र ७ गते देखि १२ गतेसम्म सम्पन्न गर्ने भनिएको नाडा अटो एक्सपो २०२२ स्थगित गरिएको छ ।

सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध श्रावण १ गते देखि खोल्ने भनिएकोमा सो समयावधि अझ थप गरेर भाद्र १४ गतेसम्मका लागि विस्तार गर्नुका साथै १५० सि.सि भन्दा माथिका दुई पाँगे्र सवारी साधनहरुको आयातमा समेत थप प्रतिवन्ध लगाए पछि नाडाले एक्सपो स्थगित गर्ने निर्णय गरेको हो ।

नाडाका अध्यक्ष धु्रव थापाको अध्यक्षतामा श्रावण ८ गते काठमाण्डौमा बसेको नाडाको केन्द्रीय कार्य समितिको सातौं बैठकले यस्तो निर्णय गरेको नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स