टाटा विंगर बीएस-६ अब नेपाली बजारमा

काठमाडौं । टाटा मोटर्स्को नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि.ले नयाँ टाटा विंगर बीएस-६ नेपाली बजारमा सार्वजनिक गरेको छ । ‘प्रिमियम टफ’ ढाँचामा तयार परिएको यस गाडी कार्गो कम्पनी, विद्यालय र ट्राभल एजेन्सी लगायतका संस्थाहरुलाई उपयुक्त छ ।

‘विंगर बीएस-६ नयाँ युगका त्यस्ता सू–सुचित ग्राहकहरु तर्फ लक्षित छ जो आकर्षक र आरामदायी गाडी मार्फत आफ्नो व्यापार÷व्यवसायको उन्नति गर्न चाहन्छन्,’ कम्पनी स्रोतले बताए ।

२.२ लिटरको डाइकोर इन्जिन जडित विंगर बीएस-६ को टर्क अत्यन्त प्रभावकारी छ । त्यसैगरी इको स्विच एवं गियर सिफ्ट एडभाइजर जस्ता विशेषताले गर्दा यस गाडीले कम इन्धन खपत गरी उत्कृष्ट कार्यक्षमता प्रदान गर्दछ । हाइड्रोलिक सक एब्जर्बर भएको फ्रन्ट सस्पेन्सन एवं मोनोकक च्यासिस जस्ता विशेषता भएको यो गाडीले सुखद र आरामदायी यात्राको प्रत्याभूति गर्दछ ।

‘टाटाका विविध एवं बलिया कमर्शिएल रेञ्जका गाडीहरुलाई नेपाली ग्राहकहरुले लामो समयदेखि उत्साहका साथ रोजिरहेका छन् । कम भन्दा कम खर्चमा आफ्नो व्यापार/व्यवसाय अभिवृद्धि गर्न चाहनेहरुको लागि अत्यन्त उपयोगी छ । सिप्रदी ट्रेडिङले दशकौ देखि उल्लेखनीय प्रतिबद्धताका साथ टाटाका गाडीहरुको बिक्री वितरण र सम्बन्धित सेवाहरु प्रदान गरिरहेको छ र टाटा विंगरले यस्तै प्रतिबद्धताका साथ नेपाली बजारमा बजारीकरण गर्नेमा हामी पूर्णतः विश्वस्त छौं,’ टाटा मोटर्सको कमर्सिएल भेहिकल बिजनेस युनिट अन्तर्गतको इन्टरनेसनल बिजनेस एण्ड स्ट्र्याटिजीका उपाध्यक्ष अनुराग मेह्रोताले बताए ।

सुरक्षित यात्राको लागि विंगर स्कूलमा एबिसी सहितको प्रभावकारी ब्रेकिङ प्रणाली जडान गरिएको छ । गाडी चलाउँदा बाहिरको दृश्य प्रष्ट रुपमा देखिन यसमा फायर डिटेक्सन तथा सप्रेसन सिस्टम एवं फग ल्याम्पको व्यवस्था पनि छ । बालबालिकाको सुरक्षित एवं आरामदायी यात्राको लागि विंगर स्कूलमा आधुनिक विशेषताहरु छन् ।

विंगर कार्गो उच्च कार्यक्षमता एवं सर्वोत्कृष्ट डिजाइन चाहने अत्याधुनिक सहरी ग्राहकहरु तर्फ लक्षित छ । कार्गोको प्रभावकारी डेलीभरीको लागि आवश्यक गति, सुरक्षा एवं सुविधाको प्रत्याभूति यसले गर्दछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स