नाडा अटोमोवाइल्सको चितवनमा प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र चितवन अटोमोवाइल्स एशोसिएशन, प्रदेश ३ संगको सहकार्यमा कर, भन्सार तथा भिसिटियस सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रमका प्रमुख अतिथि तथा नाडाका अध्यक्ष धु्रववहादुर थापाले आर्थिक बर्ष २०७९/८० को बजेटले सवारी साधनको महशुलमा गरेको परिवर्तनले व्यवसायीहरुमा थप अन्यौलता आएको भन्दै देशमा विद्यमान तरलता अभावले व्यवसायीहरुले आफनो व्यवसाय सञ्चालन गर्न कठीन हुदै गएको बताए ।

अध्यक्ष थापाले विश्वमा विद्युतिय सवारी साधनहरुको प्रयोग अपरिहार्य भएकोले यसलाई व्यवस्थित गर्न सरकारले आवश्यक नीति नियमहरुको तर्जुमा गरेर थप रोजगारी सिर्जना गर्नु पर्ने बताए ।

यसै क्रममा अध्यक्ष थापाले व्यवसाय मैत्री नीति नियम ल्याउन सरकारलाई नाडाले दवाव दिदै आएको परिप्रेक्षमा स्वच्छ व्यवसायको लागि समेत नाडाले आवाज उठाउदै आएको बताए ।

सो कार्यक्रममा आन्तरिक राजश्व कार्यालय, भरतपुरका प्रमुख घनश्याम पन्थी, वीरगञ्ज भन्सार कार्यालयका निर्देशक हरिहर पौडेल, राजश्व अनुसन्धान विभागका कम्प्युटर अधिकृत पवन बस्नेत तथा चार्टड एकाउण्टेन निकेट अग्रवालले आ-आफनो विषयमा केन्द्रित रही प्रशिक्षण दिएका थिए ।

उक्त प्रशिक्षण कार्यक्रममा नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेति, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्यद्धय अनुप बराल, निलमणी पाठक, प्रकाश कपुरी तथा सोहन श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

नाडाले गत जेष्ठ २७ गते लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, प्रदेश ४ को सहकार्यमा सोहि प्रकारको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो । नाडाले यही आसाढ मसान्तसम्म ७ वटै प्रदेशमा यस्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गर्दे जाने बताएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स