ड्याट्सन फेस्टिभ हट डिल योजना सार्वजनिक, २ लाख ४ हजार १ सय ५२ बराबरको विशेष सुविधा

काठमाडौं । नेपालमा ड्याट्सन गाडीको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले चाडबाडको अवसर पारेर ‘ड्याट्सन फेस्टिभ हट डिल’ योजना सार्वजनिक गरेको छ । कार खरिद गर्ने व्यक्तिहरूका लागि चाडबाड महत्वपूर्ण समय भन्ने कुरालाई मध्यनजर गर्दै कम्पनीले दसैँको अवसरमा आकर्षक योजना प्रस्तुत गरेको हो ।

योजनामा ग्राहकलाई २ लाख ४ हजार १ सय ५२ बराबरको विशेष सुविधा, १ लाख २५ हजार रुपैयाँ नगद छुटका साथै कार खरिद गर्ने ग्राहकलाई २७ हजार ९ सय ९९ रुपैयाँ मूल्य पर्ने रेडमी नोट १० एस प्रदान गरिनेछ । साथै, एक वर्षको बिमा तथा सवारी कर, वारेन्टी तथा सर्भिसिङको व्यवस्था पनि गरिएको छ ।

ग्राहकलाई तत्काल फाइनान्स तथा एक्सचेन्ज सुविधाको व्यवस्था पनि गरिएको छ । यो योजना नेपाल अधिराज्यभर रहेका ड्याट्सन सोरुमहरूमा लागू हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स