काठमाडौं । सरकारले विद्युतीय सवारी साधनको भन्सार दरमा बढाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संघीय संसदमा पेश गरेको आर्थिक विधेयक २०७९ मा महँगा विद्युतीय सवारीको आयातलाई पनि केही हदसम्म निरुत्साहित गर्न करको दर बढाएको हो ।
मध्यम वर्गलाई विद्युतीय सवारी किन्न हतोत्साहित पनि नगर्ने र ‘हाई रेन्ज’का विद्युतीय सवारी साधनको करको दरमा हेरफेर गरेको हो । ३०० किलोवाटभन्दा बढीका विद्युतीय सवारीलाई भन्सार शुल्क र अन्तशुल्क दर पनि ४५÷४५ प्रतिशत कायम गरेको छ ।
सरकारले १०० किलोवाटदेखि २०० किलोवाटसम्मका सवारीमा सरकारले अन्तशुल्क ४५ प्रतिशत कायम गरेको छ । १०० देखि २०० किलोवाटसम्मका सवारीमा सरकारले भन्सार शुल्क लगाएको छैन । निम्न मध्यम र मध्यम वर्गले चढ्ने गाडीमा सरकारले अन्तःशुल्क नलगाएको अर्थ मन्त्रालयले बताएको छ ।
आर्थिक विधेयक २०७९÷८० अनुसार १०० देखि २०० किलोवाटसम्मका विद्युतीय सवारीको भन्सार दर ३० प्रतिशत काम गरेको छ । र अन्तःशुल्क दर ३० प्रतिशत नै कायम गरेको छ ।