४ लाख २६ हजार पर्ने यामाहाका एफजेड एक्स १५० बाइकको बिक्री सुरु

काठमाडौं । एमएडल्लू इन्टरप्राइजेजले यामाहाको बहुप्रतिक्षित बाइक एफजेड एक्स १५० को बिक्री वितरण सुरु गरेको छ । कम्पनीले आज बुधबार एक कार्यक्रमको आयोजना गरी उक्त बाइकको हस्तान्तरण गरेको हो ।

कम्पनीका अनुसार एप जेड एक्स १५० यामाहाको पहिलो नियो रेट्रो बाइक हो जुन एलसिडी मिटर र ब्लुट्य कनेक्टिभिटीजस्ता स्मार्ट सुविधाहरू र क्लासिक डिजाइन सम्मिलित गरी तयार पारिएको छ ।

राइड फ्रि अवधारणाका साथ तयार पारिएको यस मोटरसाइकल विशेषगरी स्वतन्त्र, सहज र आरामदायक यात्रा गर्न रुचाउने बाइकप्रेमीलाई लक्षित गरी तयार पारिएको बाइक रहेको यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजु क्षेत्री बताए ।

पल्सर न्यू एफजेड एक्स १५०, फ्युल–इन्जेक्टेड र भारत स्टायाण्डर्ड ०६, एपर–कूल्ड, १५० सीसी ब्लू कोर इन्जिन र ५–स्पीड गियर बक्सका साथ तयार पारिएको बाइक हो । यसले ७२५० आरपीएममा १२.४ पीएस अधिक्तम पावर तथा ५५०० आरपीएममा १३.३ एनएम टर्क जेनेरेट गर्दछ ।

पामाहाका अन्य मोटरसाइकलहरुभन्दा अलि फरक प्रपोजनका निम्ति तपार पारिएको यस मोटरसाइकलको हरेक डिटेल चालकलाई विशेष ध्यानमा राखी तयार पारिएको कम्पनीको दाबी छ ।

फ्रण्ट फोर्क बुटका साथ स्थिर टेलिस्कोपिक सस्पेन्सन र ब्लूटूथ कनेक्टिभिटीजस्ता विशेषताले यस बाइकलाई बलियो, आकर्षक र स्मार्ट बनाएको कम्पनीको दावी छ ।

आइतबारबाट नेपालभरिका यामाहाको शोरुममा उपलब्ध हुने जनाइएको एफजेड एक्स १५० को मूल्य ४ लाख २६ हजार ९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

यसका अतिरिक्त, कम्पनीले आफ्नो नयाँ स्किम ‘रोड टू मोटो जिपी’ पनि सार्वजनिक गरेको छ । रोड टू मोटोजिपी यामाहा बाइक खरिदकर्ताहरूका लागि त्यस्तो स्किम हो जसमा चार भाग्यशाली विजेताहरूले यामाहा प्याडकबाट च्याङ अन्तर्राष्ट्रिय सर्किट, थाइल्याण्डको प्रत्यक्ष मोटोजिपी प्रसारण हेर्ने सुवर्ण अवसर पाउनेछन् ।
यो स्किम आजबाट यामाहाका जुनसुकै बाइक र स्कुटरको खरिदमा लागू हुने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स