काठमाडौं । नेपालमा जोन डियर ट्रयाक्टर भित्रिएको २० वर्ष पूरा भएको छ। एमभी दुगड ग्रुपले नेपालमा उक्त ट्रयाक्टर भित्र्याएको हो ।
दुई दिनसम्म चलेको कार्यक्रममा एम.भि.दुगड् ग्रुपका अध्यक्ष मोतीलाल दुगड्ले जोन डीयर संगको २० वर्षको लामो सहयात्रा एकदमै ऐतिहासिक र खुशीको भएको बताएका छन् ।
शुरुवाती दिनबाटै सबैको साथ सहयोगले नेपालमै सर्वाधिक रुचाइएको ट्रयाक्टर ब्राण्ड बनाउन सफल भएको उनले बताए । उपाध्यक्ष विवेक दुगड्ले यो ट्रयाक्टर अत्याधुनिक प्रविधि सहितको विभिन्न विशेषता भएको हुनाले र देशै भर पैmलिएको बिक्री तथा सेवा केन्द्रहरु तथा अत्यन्तै जुझारु कर्मचारीहरुको साथले उपभोक्ताले निकै रुचाएको ट्रयाक्टर बन्न सफल भएको बताएका छन् ।
जोन डीयर इण्डिया प्रा।लि।का सेल्स एण्ड मार्केटिङ्ग निर्देशक सत्यन शाहले नेपालकै प्रतिष्ठित र अटोमोबाइल्स क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल व्यापारिक घराना एम.भि.दुगड् ग्रुप संगको २० औं वर्ष सम्मको अनवरत सहयात्रा एकदमै प्रभावकारी अनि रोमाञ्चक भएको बताए ।
उक्त समारोहमा एम.भि.दुगड् ग्रुपको भगिनी संस्था विवेक अटोमोबाइल्स प्रा.लि.का १५० जना भन्दा बढी कर्मचारीहरु तथा जोन डीयर इण्डिया प्रा।लि।का सेल्स एण्ड मार्केटिंङ निर्देशक सत्यन शाह, जोनल बिजनेस म्यानेजर (इष्ट जो¬न) अनुज पौल, नेपालका लागि बिजनेस म्यानेजर कस्तव गयन आदि को उपस्थिति रहेको थियो ।