काठमाडौं । नेपाल रेलवे कम्पनीको महाप्रबन्धकमा निरञ्जन झा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैंठकले झालाई महाप्रबन्धकमा नियुक्त गरेको हो ।
सप्तरी राजविराजका झा नेकपा (समाजवादी) दल निकट छन् ।
सरकारले स्पष्टिकरण सोधेका कारण रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजिनामा दिएका थिए । भट्टराईले साउन २७ गते राजिनामा दिएका थिए ।