बजाजको नयाँ शोरुम धरानमा

काठमाडौं । बजाज मोटरसाइकलको नयाँ शोरुम धरानमा सञ्चालनमा आएको छ । बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले धरानमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ‘अब्र्रिन एण्ड ब्रदर्स अटो’ सञ्चालनमा ल्याएको छ ।

बजाजले सुविधा सम्पन्न सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलबध गराउने उद्देश्यले धरानमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । यस उद्देश्यलाई सार्थक बनाउन अब्र्रिन एण्ड ब्रदर्स अटोका प्रोपराइर अब्र्रिन तामाङलाई डिलरसीप प्रदान गरिएको छ ।

‘हामी धरानमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ । उहाँहरुको पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो,’ गोल्छा ग्रुपका डिरेक्टर अभिमन्यु गोल्छाले भने, ‘धरानमा नयाँ शोरुम विस्तार भएको छ । यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथे उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।’

शोरुम उद्घाटको अवसरमा अब्र्रिन एण्ड ब्रदर्स अटोले मोटरसाइकल किन्ने ग्राहकहरुका लागि आकर्षक उपहारको व्यवस्था गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स