एजेन्सी । भारतीय कार निर्माता कम्पनी महिन्द्रा एण्ड महिन्द्राले आफ्नो सवारीसाधनको मूल्य बढाएको छ । कम्पनीले आफ्नो सवारीसाधनको एक्स–शोरुम मूल्यमा २.५ प्रतिशत बढाएको छ । यस मूल्य वृद्धिसँगै कम्पनीको सवारीसाधनको १० हजारदेखि ६३ हजार भारुसम्म वृद्धि भएको छ । कम्पनीले नयाँ मूल्य २०२२ अप्रिल १४ गते लागु हुनेछ ।
यसका साथै सबै मोडल तथा भेरियन्टको मूल्य फरक–फरक हुने सम्भावना छ । स्टिील एल्मुनियम र पैलेडियम लगायतको मूल्य वृद्धिलाई कम्पनीले प्रमुख कारण बताएको छ । जसको प्रभाव स्वरुप ग्राहकले सवारीसाधन पहिलेभन्दा महँगो मूल्य तिरेर खरिद गर्नु पर्ने भएको छ ।