सार्वजनिक बिदामा सरकारी सवारीसाधन चलाउन निषेध

काठमाडौं । सार्वजनिक बिदामा सरकारी सवारीसाधन चलाउन नपाइने छ । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन अत्यावश्यक काम बाहेक अन्यमा प्रयोग गर्न नपाउने सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन प्रयोगमा रोक लगाउने सम्बन्धमा उक्त प्रस्ताव मन्त्रिपरिषदमा लगिएको छ । सो प्रस्ताव मन्त्रिपरिपद्ले पास गरेको अर्थमन्त्रीले बताएका हुन् ।

पेट्रोलियम पदार्थको बढ्दो मूल्यवृद्धिका कारण ब्यापार घाटा चुलिएको भन्दै नेपाल आयात निगमले सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन प्रयोग गर्न निषेध गर्नका लागि मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । उक्त प्रस्ताव मन्त्रिपरिषद्ले अनुमोदन गरिसकेको अर्थमन्त्रीले बताएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स