इलेक्ट्रिक स्कुटरपछि अब ओलाले इलेक्ट्रिक कार बनाउने

एजेन्सी । ओला इलेक्ट्रिकले भारतमा सन् २०२१ अगष्ट १५ मा ओला इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको थियो । कम्पनीले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटरलाई शक्तिशाली ब्याट्री र सेगमेन्ट फ्रस्ट फिचर्सका साथ सार्वजनिक गरेको थियो । अब ओला भारतीय बजारमा नयाँ उत्पादन उतारने तयारी गरिरहेको छ । कम्पनीका सीईओ भाविश अग्रवालले ट्वीट गर्दै ओलाले इलेक्ट्रिक कारमा काम गर्न लागेको जानकारी दिएका छन् ।

सन् २०२३ मा ओलाको इलेक्ट्रिक कार
उनले ट्विटर प्रयोगकर्ताले सोधेको प्रश्नको उत्तर दिँदै भने, ‘मैले २ महिना अघि हाइब्रिड कार किनेको छु । अर्को कार सन् २०२३ मा किन्ने छु जुन ओलाको इलेक्ट्रिक कार हुनेछ ।’ सीईओ अग्रवालको यस ट्वीटमार्फत् कम्पनीले सन् २०२३ सम्ममा इलेक्ट्रिक कार सार्वजनिक गर्ने जानकारी दिएका हुन् ।

इलेक्ट्रिक सवारीका लागि चार्जिङ नेटवर्क तयार गर्दै ओला
ओलाले भारतीय बजारमा इलेक्ट्रिक दुई पांग्रे सार्वजनिक गरिसकेको छ । अब इलेक्ट्रिक कार सार्वजनिक गर्ने तयारीमा जुटेको छ । ओलाले केही महिना अघि भारतभर हाइपर चार्ज नेटवर्क विस्तार गर्ने घोषणा गरेको थियो । यस परियोजनामा कम्पनीले भारतका ४०० शहरमा १ लाखभन्दा धेरै चार्जिङ स्टेशन तयार गर्नेछ । जसका लागि २ बिलियन अमेरिकी डलर भन्दा धेरै खर्च हुने अनुमान छ ।

ब्याट्री पनि बनाउने
सस्तो मूल्यको इलेक्ट्रिक सवारी निर्माण गर्नका लागि ओला इलेक्ट्रिकले लिथियम आयन ब्याट्री पनि उत्पादन शुरु गर्नेछ । आगामी दिनमा कम्पनीले इभी सेल म्यान्युफ्याक्चरिङ प्लान्ट लगाउने सम्भवना छ । जुन १०० प्रतिशत ‘स्टेट अफ दी आर्ट’ प्रविधिबाट ब्याट्री निर्माण गरिनेछ । हाल भारतमा बिक्री हुने अधिकतम इलेक्ट्रिक सवारीको ब्याट्री विदेशबाट आयात हुने गरेको छ ।

ओला इलेक्ट्रिक स्कुटर
ओला इलेक्ट्रिक स्कुटर अगष्ट १५ मा भारतमा सार्वजनिक भएको छ । ओला एस१ इलेक्ट्रिक स्कुटरको मूल्य ९९ हजार ९९९ भारु तोकिएको छ । ओला एस१ इलेक्ट्रिक स्कुटर ४९९ भारुमा बुक गर्न सकिन्छ । ओला २ भेरियन्ट उपलब्ध छ । यसको टप मोडल एस१ प्रोको मूल्य १ लाख २९ हजार भारु तोकिएको छ । ओला स्कुटर १० रंगमा उपलब्ध छ ।

ओला एस१ इलेक्ट्रिक स्कुटर
ओला एस१ इलेक्ट्रिक स्कुटरको डिजाइन सिम्पल छ । अगाडि ओलाको ब्याज देख्न सकिन्छ । यसको हेडलाइट क्लस्टरमा एलईडी डीआरएलको साथ एलईडी सेटअप दिइएको छ ।

ओलाइ इलेक्ट्रिक स्कुटरमा ८.५ किलोवाटको इलेक्ट्रिक मोटर दिइएको छ । जो ३.९२ किलोवाट आवर लिथियम–आयन ब्याट्री छ । यो स्कुटरले सिंगल चार्जमा १८१ किलोमिटरको रेञ्ज प्रदान गर्न सक्षम छ ।

ओला एस१ इलेक्ट्रिक स्कुटर ६० मिनेटमा ० देखि १०० प्रतिशतसम्म चार्ज हुने कम्पनीको दावी छ । १८ मिनेटमा ५० प्रतिशतसम्म चार्ज हुन्छ र ७५ किलोमिटरको रेञ्ज प्रदान गर्छ । घरमा ६ घण्टामा चार्ज गर्न सकिन्छ । यसमा ७५० वटाको पोर्टेबल चार्जर छ । यसको टप स्पीड ११५ किलोमिटर प्रति घण्टा छ । ओला इलेक्ट्रिक स्कुटर ३ सेकेण्डमा ० देखि ४० किलोमिटर प्रति घण्टाको गति लिन सक्षम छ । यसमा नर्मल, स्पोर्ट, हाइपरगरी ३ राइड मोड छ ।

ओला इलेक्ट्रिक सकुटरमा कनेक्टेड स्मार्ट प्रविधि दिइएको छ । यसलाई टीएफटी टचस्क्रिन डिस्प्लेको मद्दतले प्रयोग गर्न सकिन्छ । यो स्कुटरलाई स्मार्टफोन एपलिकेसनमा जोड्न मद्दत गर्छ । यस एपबाट स्कुटर सम्बन्धी जानकारी प्राप्त गर्न सकिन्छ ।

स्कुटरको साथ एक होम चार्जर दिइएको छ । जसलाई साधारण वाल सकेटमा जोडेर चार्ज गर्न सकिन्छ । यसका साथै स्कुटरमा रिभर्स मोड पनि दिएको छ । यसले पार्किङलाई सहज बनाउँछ । यसमा किलेस एन्ट्री पनि दिइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स