हिरोका तीन नयाँ मोडेल बजारमा, यस्तो छ मूल्य

काठमाडौं । मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले तीन नयाँ मोडेल बजारमा ल्याएको छ । कम्पनीले बिएस-६ संस्करण ग्ल्यामर एक्सटेक, म्यास्ट्रो एज १२५ र एक्सपल्स २०० फोरभी बजारमा ल्याएको हो ।

हिरो मोटोकर्पको बिएस-६ उत्पादनहरूमा एक्सेन्स प्रविधिजस्ता सुविधा उपलब्ध रहेकाले ग्राहकलाई परिष्कृत अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । विविध एवं समग्र रूपमा नयाँ उत्पादनहरूले कम्पनीको नेपाली ग्राहकलाई उत्तम एवं सफा प्रविधिसहितको तरुण, उत्कृष्ट र आधुनिक उत्पादनहरू उपलब्ध गराउन केन्द्रित हुने कम्पनीको भनाइ छ ।

कम्पनीले सवारी अनुभव, एक्सट्रायल्स, काठमाडौंमा आयोजना गरी अद्वितीय एवं विशेष अवसर प्रदान गर्न सुरु गरेको जनाएको छ । यो विशेष प्रकारको आयोजनाले चालकलाई साहसिक एवं किफायती मोटरसाइकल एक्सपल्स २०० फोरभीलाई विशेष तवरले तयार गरिएको कच्ची बाटोमा अनुभव गर्ने रोमाञ्चक अनुभव प्रदान गर्ने जनाइएको छ ।

नेपालमा शक्तिशाली बिएस-६ सेगमेन्टमा विस्तारले यस क्षेत्रमा मोटरसाइकल र स्कुटर सेगमेन्टमा हिरो मोटोकर्पको उपस्थिति अझ सुदृढ हुने कम्पनीको दावी छ । यसले बजारमा प्रिमियम, प्रविधि उन्नतका साथसाथै वातावरणीय रूपमा स्वच्छ उत्पादनहरू गराउने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने कम्पनीको भनाइ छ ।

हिरो मोटोकर्पका ग्लोबल बिजनेस प्रमुख सञ्जय भानले नेपाल कम्पनीका लागि एसियाकै एउटा महत्वपूर्ण बजार रहेको बताए ।

आफूहरू निरन्तर रूपमा उत्पादन र सेवालाई यो देशमा प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो । कम्पनीले एक्सपल्स २०० फोरभीको मूल्य चार लाख ५० हजार रुपैयाँ, ग्ल्यामर एक्सटेकको मूल्य दुई लाख ७६ हजार र म्यास्ट्रो एज १२५ को मूल्य दुई लाख ६६ हजार रुपैयाँ तोकेको छ । कम्पनीले हाल ७२ डिलर, ८२ सर्भिस सेन्टर र एक सयभन्दा बढी स्पेयर पार्टस्का बिक्री केन्द्रसहित दुई सय ५० भन्दा बढी सम्पर्कस्थलमार्फत आफ्ना ग्राहकलाई सेवा पुर्याउँदै आएको जनाएको छ ।

कम्पनीले हाल नेपाली बजारमा एचएफ डिलक्स, स्प्लेन्डर प्लस, स्प्लेन्डर आइस्मार्ट ११०, सुपर स्प्लेन्डर, ग्ल्यामर, प्यासन प्रो, एचिभर, एक्स्ट्रिम स्पोर्टस्, करिज्मा जेडएमआर, एक्स्ट्रिम २०० आर, प्लेजर, डुएट, मास्ट्रो एज, डेस्टिनी १२५, एक्सप्लस २०० टी, ग्ल्यामर एक्सटेक, मास्ट्रो ऐज १२० तथा फ्लागसिप एक्सपल्स फोरभी २०० बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स