बढ्ने भयो सार्वजनिक यातायातको भाडा

काठमााडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाउने निर्णय गरेको छ । बिहीबार बसेको भौतिक यातायात मन्त्रीस्तरीय निर्णय अनुसार चैत २० गतेदेखि भाडा बढ्ने भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार आगामी आइतबारबाट सार्वजनिक यातायातको भाडा बढ्ने भएको हो ।

पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । इन्धनको मूल्य बढ्दा पनि भाडा समायोजन भएको भने थिएन ।
सो कारण आज यातायात मन्त्री रेणुकुमारी यादवले मन्त्री स्तरीय निर्णय गरेकी हुन् । सरकारले भाडा समायोजन गर्ने निर्णयले यातायात व्यवसायीहरूले खुशी व्यक्त गरेका छन् ।

अहिले नै यति भाडा बढ्यो भनेर भन्न सकिने अवस्था नभएको पनि सिटौलाले बताए । ‘आइतबार यातायात व्यवस्था विभागले बढेको भाडा दर सार्वजनिक गर्नेछ,’ उनले भने । यातायात व्यवसायीहरूले यसअघि पटक पटक भाडा बढाउन सरकारसँग माग गर्दै आएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स