अबको ३ वर्ष भित्रमा पेट्रोलिय गाडीलाई विद्युतीयमा रुपान्तरण गर्न सकिने

काठमाडौं । पुराना गाडीलाई विद्युतीय सवारीमा रुपान्तरण गर्न सकिने भएको छ । सरकारले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ऐन संशोधन गरेर पेट्रोलिय पदार्थबाट चल्ने गाडी विद्युतीय सवारीमा रुपान्तरण गर्नका लागि ३ वर्षको समय उपलब्ध गराएको छ ।

सरकारले चैत १४ गते सोमबार राजपत्रमा ‘इन्धन प्रणालीमा वातावरणमैत्री वा ऊर्जा दक्षतामूलक फेरवदल गरिने सवारी साधनको हकमा’ छुट दिने उल्लेख गरेको छ ।

‘नेपाल सरकारले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १७६ को अधिकार प्रयोग गरी सोही ऐनको दफा ३९ को उपदफा (२) को प्रतिवन्धात्मक वाक्यांश ३ वर्षसम्म लागू नहुने गरी ‘इन्धन प्रणालीमा वातावरणमैत्री वा उर्जा दक्षतामूलक फेरवदल गरिने सवारी साधनको हकमा’ छुट दिइने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ’, राजपत्रमा लेखिएको छ ।

सवारी ऐनको दफा ३९ मा ‘स्वीकृति नलिई हेरफेर गर्न नहुने’ व्यवस्था छ ।

‘दफा ३९ को उपदफा (२) मा उपदफा (१) बमोजिम हेरफेर गर्नु परी स्वीकृति मागेमा अधिकार प्राप्त अधिकारीले आवश्यक जाँचबुझ गरी त्यस्तो हेरफेर गर्न उपयुक्त हुने देखेमा हेरफेर गर्ने स्वीकृति दिन सक्नेछ ।
तर सवारी निर्माता कम्पनीले सवारीको बनोट सम्बन्धमा निर्धारण गरेको विस्तृत विवरण (स्पेसिफिकेशन)मा परिवर्तन गर्नेगरी स्वीकृति दिइने छैन ।

(२क) उपदफा (२) बमोजिम हेरफेरको लागि स्वीकृति दिँदा सवारी दर्ता गर्दा लाग्ने दस्तुरको पचास प्रतिशत दस्तुर लिइनेछ ।’

सवारी तथा यातायात ऐन २०४९को दफा ३९ को उपदफा (२) को प्रतिवन्धात्मक वाक्यांश ३ वर्षसम्म लागू नहुने गरी विद्युतीय सवारीमा रुपान्तरण गर्न सकिन्छ । पेट्रोलिय पदार्थबाट चल्ले सवारीसाधन अबको ३ वर्ष भित्रमा विद्युतीय सवारीमा रुपान्तरण गर्न सरकारले छुट दिइएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स