आरआरआरमा जूनियर एनटीआरले चढेको मोटरसाइकल १ सय वर्ष पूरानो, यस्तो छ विशेषता

एजेन्सी । एसएस राजामौली आफ्नो अद्भूत निर्देशन कौशल र एक्सनले भरिपूर्ण फिल्मका लागि चर्चित छन् । बाहुबली फिल्म सिरिज उनको असाधारण फिल्म निर्माणको एक प्रमुख उदारण हो । उनी आफ्नो फिल्मको हरेक डिटेलल ध्यान दिएर काम गर्छन् । राजामौली फिल्ममा प्रयोग गरिने हरेक चिजको पनि विशेष ध्यान राख्छन् । ती वस्तुहरुको प्रयोगबाट फिल्मलाई जीवन्त तूल्याउन उनी माहिर छन् ।

तेलुगु फिल्म निर्देशक राजामौलीको नयाँ फिल्म आरआरआर सिनेमा घरमा प्रर्दशन भइरहेको छ । यस फिल्मको पृष्ठभूमि सन् १९२० को हो । फिल्ममा अभिनेता जूनियर एनटीआरलाई तत्कालिन समयको चर्चित वेलोसेट बाइक चलाउँदै गरेको देख्न सकिन्छ । फिल्मको पोस्टर र ट्रेलरमा पनि अभिनेताले वेलोसेट बाइक चढेको देख्न सकिन्छ ।

मिडिया रिर्पोटका अनुसार राजामौलीले फिल्ममा २० औ शताब्दीको झलक दिनका लागि केही पुरानो कस्टम मेड बाइक प्रयोगमा ल्याएका छन् । तीमध्ये वेलोसेट बाइक पनि एक हो । उक्त बाइक तत्कालिन समयमा निकै लोकप्रिय रहेको थियो ।

फिल्ममा एनटीआरलाई बेलायातमा निर्मित वेलोसेट बाइक चलाउने गरेको देख्न सकिन्छ । जुन तत्कालिन समयको सर्वाधिक लोकप्रिक बाइक मोडलमध्ये एक थियो । सन् १९२० देखि १९५० को दशकसम्म बर्गिहम मूल्य कार्यालय रहेको ब्रिटिस बाइक निर्माता संसारभर मोटर रेसिङ क्षेत्रमा लोकप्रिय थियो ।

रिर्पोटका अनुसार राजामौलीले फिल्मका लागि यस मोडलको केही बाइक इंग्ल्याण्डबाट मगाएका थिए । फिल्ममा प्रयोग गरिएको बाइक मोडिफाइ पनि गरिएको छ ।

जानकारीका अनुसार वेलोसेट बाइकको उत्पादन सन् १९२० मा ब्रिटिश सेनाका लागि गरिएको थियो । बाइकमा २ स्ट्रोक इन्जिनको प्रयोग गरिएको छ । आवश्यक परेको अवस्थामा इन्जिनलाई बाइकबाट निकाल्न सकिन्थ्यो । उक्त बाइकबाट ब्रिटिश सेनाले २ वटा विश्व मोटरसाइकल च्याम्पियनसिप जितेका थिए ।

यस बाइको उत्पादन धेरै वर्ष पहिले बन्द भइसकेको छ । तर आज पनि ब्रिटेनमा यस बाइक प्रर्दशनी र कलेक्सनका सौख राख्ने व्यक्तिहरुसँग सुरक्षित रहेको छ । यस बाइकलाई ब्रिटेनबाट स्पेशल अर्डर गरेर मात्र मगाउन सकिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स